चन्द्रागिरीको त्रिभुवन पार्क नजिकै युवकको शव फेला

child death in chandragiri

चन्द्रागिरी नगरपालिकाको त्रिभुवन पार्क नजिकै एक युवकको शव फेला परेको छ।

चन्द्रागिरी नगरपालिका वडा नं.४ त्रिभुवनपार्क नजिकैको खोलामा एक युवकको शव फेला परेको हो।

महानगरीय प्रहरी वृत्त थानकोटका डिएसपी कुमार विक्रम थापाका अनुसार नाम थर वतन नखुलेको अन्दाजी ३०/३५ वर्षीय पुरुषको शव खोलामा मृत फेला परेको हो।

गहुँगोरो वर्ण, उचाइ ५ फिट १ इन्च, कालो जिन्स पाइन्ट लगाएको मंगोलियन अनुहार भएको व्यक्तिको शव कस्को हो भने पुष्टि नभएको डिएसपी थापाले बताए।