चन्द्रागिरी बिकास मंचको प्रथम साधारण सभा सम्पन्न

महिला हिंसा लगायत सामाजिक अपराध न्युनिकरणमा सामाजिक संघ सस्थाको भूमिका ससक्त हुनुपर्नेमा एक कार्यक्रमका बक्ताहरुले जोड दिएका छन् | चन्द्रागिरी बिकास मंचको प्रथम साधारण सभाको उद्धाटन गर्दै प्रदेश ३ का उधोग पर्यटन तथा बातावरण समितिका सभापति रमा आलेमगरले मुलुकमा बालबालिका माथि भैइरहेका बलत्कार र हत्या जस्ता जघन्य अपराध बढ्नुमा फितलो कानुन र अपराध पछि अपराधी उम्काउने कार्य शौलीले हाम्रा छोरी चेली असुक्षित रहेको बताइन् |

कार्यक्रममा बोल्दै अर्का प्रदेश सम्सद बेलिमाया धलेले समाज रुपान्तरणको यो चरणमा देखापरेको बालबालिका माथिको चरम हिंसा अक्षम्य रहेको धारणा ब्यक्त गरिन् |

चन्द्रागिरी नगरलाई हरेक बिधामा उत्कृष्ट बनाउने अभियानका साथ चन्दागिरि विकास मञ्चको गठन भएको थियो | चन्द्रगिरि नगरलाई आफ्नो कार्य क्षेत्र बनाएर मंचले खेलकुद साहित्य बातावरण संरक्षण बिकास निर्माण समाबेसी न्याय र लौगिक हिंसा बिरुद काम गर्दै अाइरहेको छ | साधारण सभाले आगामी २ वर्षको लागि राजु श्रेष्ठको अध्यक्षमा १९ सदस्यीय कार्य समिति समेत सर्वसम्मत रुपमा चयन गरेको छ |