चौथो किसिपिडी सास्कृतिक,धिमे तथा सम्मान कार्यक्रम २०७७ सम्पन्न

श्री कालिका भैरब जात्राको उपलक्ष्यमा किसिपिडी युथ क्लबको अायोजनमा चौथो किसिपिडी सास्कृतिक,धिमे तथा सम्मान कार्यक्रम २०७७ भव्य तथा सभ्यताका साथ सम्पन्न भएको छ।अध्यक्ष प्रबिण महर्जनको सभापतित्योमा चन्द्रागिरी नगरपलिका मेयर घनश्याम गिरी प्रमुख अतिथि,चन्द्रागिरी नगरपालिका उपमेयर लिशा नकर्मी बिशेष अतिथि,च.न.पा.५ का वडा अध्यक्ष कान्छा भाइ महर्जन बिशेष अतिथि लगायत बिभिन्न समाजसेवी व्यक्तित्वहरूको उपस्थितमा सो कार्यक्रम सम्पन्न भएको  थियो। सोही कार्यक्रममा नेपाली राष्ट्रिय फुटबल टिमका क्याप्टेन बिराज महर्जनलाई विशेष सम्मान गरिएको थियो।यसै गरि नेपाली पप म्युजिकका लेजेण्ड गायकहरू सन्जय श्रेष्ठ ,कविद्र श्रेष्ठ, जेम्स प्रधान,रबि रिमाल, प्रवेशमान शाक्य,हरि कर्माचार्य ग्लूमी गाइज,उदय श्रेष्ठज्युहरू विशेष सम्मान गरिएको थियो।