Home समाज टिकाको दिन यी रूटमा चल्नेछन् सेनाका निःशुल्क बस

टिकाको दिन यी रूटमा चल्नेछन् सेनाका निःशुल्क बस

0
टिकाको दिन यी रूटमा चल्नेछन् सेनाका निःशुल्क बस

चन्द्रागिरि ।

१४ असोजमा विजयादशमीका दिन सेनाले काठमाडौं उपत्यकामा गैरसैनिक प्रयोजनका लागि निःशुल्क बस सेवा सञ्चालन गर्ने भएको छ ।

टीकाका दिन उपत्यकामा सार्वजनिक सवारी साधन कम सञ्चालन हुने भएकाले सेनाले सर्वसाधारणका लागि बस चलाउने भएको हो ।

सेनाको जनसम्पर्क निर्देशनालयका अनुसार उपत्यकाका आठ वटा रुटमा यातायात सुविधा उपलब्ध गराइन लागेको हो । बिहान साढे ६ र ११ तथा अपरान्ह चार बजे भद्रकालीबाट सेनाका बस निःशुल्क सञ्चालन हुनेछन् ।

टीकाको दिन उपत्यकामा चल्ने सेनाका बस

(क) रुट नं. १- भद्रकाली, माइतीघर, बानेश्वर, कोटेश्वर, एकान्तकुना, बल्खु, कीर्तिपुर, कलंकी, कालीमाटी, त्रिपुरेश्वर, रत्नपार्क ।

(ख) रुट नं. २- भद्रकाली, जमल, लैनचौर, नारायणगोपाल चोक, बुढानीलकण्ठ, बालाजु चोक, सोह्रखुट्टे, कान्तिपथ, माइतीघर ।

(ग) रुट नं. ३- भद्रकाली, माइतीघर, त्रिपुरेश्वर, कालिमाटी, कलंकी, थानकोट, स्वयम्भु, छाउनी, ताहाचल, टेकु, थापाथली ।

(घ) रुट नं. ४- भद्रकाली, माइतीघर, बानेश्वर, तीनकुने, गौशाला, चाबहिल, जोरपाटी, नारायणगोपाल चोक, लाजिम्पाट, कान्तिपथ, भद्रकाली ।

(ङ) रुट नं. ५- भद्रकाली, थापाथली, कुपण्डोल, जावलाखेल, सातदोबाटो, चापागाउँ, सातदोबाटो, तीनकुने, बानेश्वर, शहीदगेट ।

(च) रुट नं. ६- भद्रकाली, दरबारमार्ग, कमलपोखरी, गौशाला, चाबहिल, बौद्ध, साँखु, चाबहिल, गौशाला, तीनकुने, भद्रकाली ।

(छ) रुट नं. ७- भद्रकाली, माइतीघर, नयाँ बानेश्वर, पुरानो बानेश्वर, गौशाला, सिनामंगल, कोटेश्वर, सूर्यविनायक, ठिमी, कोटेश्वर, माइतीघर, भद्रकाली ।

(ज) रुट नं. ८- भद्रकाली, माइतीघर, कोटेश्वर, सातदोबाटो, कलंकी, बालाजु, चाबहिल, गौशाला, तीनकुने, भद्रकाली ।

यसैबीच  दशैंको विदामा घर जाने सैनिक र उनीहरुका आश्रित परिवारका लागि पनि सेनाले बस सेवा सञ्चालन गरिरहेको छ । ५ असोजबाट सुरु भएको त्यस्तो सेवा १२ गतेसम्म चल्ने छ ।

काठमाडौंबाट दोलखा, इटहरी, धनगढी, लमजुङ, रामेछाप, पोखरा, बुटवल, गोरखा, सिन्धुली, चौतारा, हेटौंडा, नारायणगढ, सिरहा-राजविराज, कोहलपुर-सुर्खेत र त्रिशुलीसम्म सेनाका बस चलिरहेका छन् । प्रतिपरिवार पाँच जनासम्मका लागि सेनाले आवतजावतको सुविधा दिएको छ ।