डिआइजिपि विश्वराज पोख्रेलको उध्घोस शान्तिसुरक्षा कायम गर्न कुनै कसर बाकी नराख्ने

पुस १७,उपत्यकाको शान्ती सुरक्षामा कुनै पनी कसर बाकी नराखी नगरीकले प्रत्यक्ष महसशुस गर्ने गरी प्रहरीले शान्ती सुरक्षा प्रबर्धन गर्ने प्रहरी नायव महानिरीक्षक (डीआईजी) विश्वराज पोखरेलले बताएका छन् ।समुदाय प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत काठमाण्डौ महानगरपालिका -१३ समुदाय प्रहरी वडा समितिले विहिबार कालीमाटी व्याङक्टैमा आयोजना गरेको शान्ती सुरक्षा सुदृढीकरण सम्बन्धी अन्तरक्रिया कार्यक्रममा उठेका प्रश्नहरूको जवाफ दिदै डीआईजी पोखरेलले सो कुरा वताएका हुन् । डीआईजी पोखरेलले समुदाय सँग प्रहरीले हरेक कार्यमा सहकार्य गर्दै अगाडी वढने तर त्यसको गलत फाईदा उठाउन खोजी कानूनहातमा लिई अराजक गर्ने कसैलाई पनी नछाडी कारवाही गर्ने प्रतिवद्धता व्यक्त गरे ।उक्त अबसरमा डीआईजी पोखरेलले सुशासन कायम गर्ने सरकारको प्रतिबद्धतालाई सफलिभुत बनाउने कार्यमा प्रहरीले सुशासनको आधारभुत कुराहरू कानूनमा आधारीत प्रशासन, निष्पक्षता, समानता, पारदर्शिता, जवाफदेहीता र अन्य व्यवसायिकताका साथ व्यक्तिगत स्वार्थ विना कार्य गर्ने बताए । महानगरीय प्रहरीको जिम्मेवारी पाउनु अबसर र चुनौती दुवैको रूपमा आफुले लिएको बताउदै उपत्यकालाई शान्ती सुरक्षा कायम गर्न जिम्मेवारी सम्हाले देखिनै रातको समयमा पनी आफु स्वयम विभिन्न ठाउमा खटिने गरेको बताए ।कार्यक्रममा सहभागीहरूको जिज्ञासाको जवाफ दिदै महानगरीय प्रहरी परिसर काठमाण्डौका प्रमुख उत्तमराज सुवेदीले समुदाय प्रहरी साझेदारी कार्यक्रमले शान्ती सुरक्षामा उपलव्धी हासिल गरेको घटनाको स्मरण गराउदै नागरीकको सुचनालेनै अपराध नियन्त्रणमा ठुलो भुमिका खेल्ने हुनाले समयमै सुचना दिन आग्रह गरे । शंकास्पद ठाउँहरूमा तुरून्तै प्रहरी परिचालन गर्ने, सडक दुर्घटना न्युनिकरणको लागि आवश्यक छलफल गरी नागरिक संगको समंवय र सहकार्यमा उपयुक्त कदम चाल्ने बताए ।महानगरीय प्रहरी वृत्त कालिमाटी, सामुदायिक सेवा केन्द्र कुलेश्वरको सह आयोजनामा संचालन भएको कार्यक्रममा काठमाण्डौ महानगरपालिका वडा न. १३ का वडा सदस्य एवं समुदाय प्रहरी टोल सुधार समितिका संयोजक रामबाबु कोईरालाको सभापतित्वमा सम्पन्न भएको कार्यक्रममा विद्यार्थी, समासेवी नागरीकहरूको उपस्थीति रहेको थियो ।