थानकाेट प्रहरीकाे सकृयतामा प्रतिवन्धित लागुअाैषध र ४ के.जि. १ सय ग्राम चरेश सहित दुई प्रकाउ ।

काठमाडौं /१८ मंसिर
महानगरीय प्रहरी प्रभाग नागढुङ्गा र वलम्वु वाट खटिएकाे टाेलीले लागुअाैषध सहित दुई जनालाई प्रकाउ गरेकाे छ ।

पोखराबाट काठमाण्डौ तर्फ आइरहेको ना.७.ख. ५६७ नंको यात्रुबाहक बसलाइ बिशेष सुचनाको आधारमा चेकजांच गर्दा उक्त बसमा यात्रा गरि आएका जिल्ला मकवानपुर थाहा नगरपालिका वडा नं ७ घर हुने बर्ष १९ को श्याम लाल तामाङलाई चरेससहित प्रकाउ गरेकाे हाे ।

प्रहरीले चन्द्रागिरी नगरपालिका वडा नं २ नागढुङ्गा स्थित तामाङकाे साथबाट ४ के.जि. १ सय ग्राम लागु औषध चरेश सहित प्रकाउ गरिएकाे महानगरीय प्रहरी वृतका डिएसपी कुमार विक्रम थापाले वताए । डिएसपी थापाका अनुसार महानगरीय प्रहरी प्रभाग वलम्वुकाे प्रहरी निरिक्षक शकंर खड्का नेतृत्वकाे टाेलीले जिल्ला काभ्रेपलान्चोक कातिके देउराली वडा नं ५ घर हुने बर्ष ३० को मनोज रिमाललाइ चकेजांच गर्दा रातो रंगको कपडाको झोलामा प्रतिबन्धित लागू औषध एम्पुल नुफिन ,फेनार्गन तथा डाइजेल्याप ४६/४६ एम्पुलका दरले फेला जानकारी दिए ।