थानकोट जेसिजको अध्यक्षमा मोहन डाँगी

थानकाेट जेसिज,वुढालिकण्ठ जेसिज र सिन्धुपाल्चोक जेसिजकाे पदस्थापन कार्यक्रम समपन्न भएको छ । सिन्धुपाल्चोकको सुकुटे विचमा सयुत्त रूपमा अायाेजना गरिएकाे पदस्थापना भव्य र सभ्य रूपमा सम्पन्न भएकाे हाे । वर्ष २०१७ काे अध्यक्ष त्रमश मचाकाजी महर्जन सिन्धुपाल्चोक,शैलेन्द्र श्रेष्ठ वुढालिनकण्ठ,रामचन्द्र केसी थानकाेट जेसिजलाई विदाई गर्दै सन् २०१८ का निर्वाचित अध्यक्षहरू महेन्द्र कुमार श्रेष्ठ सिन्धुपाल्चोक ,अम्बर राजभण्डारी वुढालिनकण्ठ ,माेहन डाँगी थानकाेटलाई चेन सहित स्वागत गरिएकाे छ । पदस्थापन कार्यक्रममा वाेल्दै थानकाेट जेसिजका संस्थापक नन्ददास अमात्यले जेसिजकाे मुल्य र मान्यतालाई अात्मसाथ गर्दै मानव सेवामा सधै समर्पित रहदै अाएकाे संस्थाले पुर्‍याउँदै अाएकाेले सधैभ मन वचन कर्मका साथ अगाडि वढिरहने वताए ,उनले जेसिजले राष्ट्र निमार्णमा प्रत्यक्ष वा अप्रत्यक्ष कार्य गर्न सफल रहेकाे धारणा राखे । कार्यक्रममा वाेल्दै नेपाल जेसिजका राष्ट्रिय उपाध्यक्ष रविन पाेखरेलले वर्तमान जेसिज समाजिक रूपान्तरणमा अगाडि वढ्दै गर्दा समाजमा विधमान कुरीति कुसंस्कार हटाउन जेसिजले महत्त्वपूर्ण भुमिका खेल्ने वताए । उनले सवैकाे माया र सदभावले थप हाैसला मिलेकाे वताउदै समग्र युवाहरू मा सकारात्मक साेच जेसिजले प्रदान गरेकाे तर्क राखे । कार्यक्रममा थानकोट जेसिजका वर्तमान अध्यक्ष माेहन डाँगीले सन २०१८ लाई थानकोट सेजिसले चन्द्रागिरिमा विशेष कार्य याेजना सहित अगाडि वढाउने वताउदै उनले चन्द्रागिरिकाे सामाजिक विकासमा थानकोट जेसिजले महत्त्वपूर्ण भुमिका निर्भा गर्ने वताए । कार्यक्रममा नेपाल जेसिजकाे मानार्थ सदस्य दाेय प्रदिप के.सी., टेक राज रेग्मीले वर्तमान सेजिजकाे कार्यक्रममा सुधार प्रणालीमा प्ररिस्कृत गर्नु पर्नेमा जाेड दिदै जेसिजले समग्र सामाजिकआर्थिक विकासमा महत्त्वपूर्ण भुमिकामा उभिरहने धारणा राखे । कार्यक्रममा विभिन्न शाखा,उपशाखा वाट अाएका प्रतिनिधि मण्डललाई पुरस्कृत समेत गरेकाे थियाे ।