दशैंमा नेपाली सेनाको निःशुल्क बस सेवा

काठमाडौं । नेपाली सेनाले दशैंका दिन उपत्यकाभित्रका विभिन्न सडकमा सर्वसाधारणका लागी निःशुल्क बस सेवा प्रदान गर्ने भएको छ ।

सैनिक मुख्यालयले असोज १४ गते टिकाको दिनभरी निःशुल्क बस सेवा संचालन गर्ने जाकारी दिएको छ ।

ad ad ad
भद्रकाली, माईतीघर, बानेश्वर, कोटेश्वर, एकान्तकुना, बल्खु किर्तिपुर, कंलकी, काटीमाटी, त्रिपुरेश्वर हुदै रत्नपार्क, महाराजगंज, गौशाला, बौद्ध, जोरपाटी, स्यम्भु लगाएत उपत्यकाभरीका सडकमा निःशुल्क रुपमा बस सेवा संचालन गर्ने सैनिक मुख्यालयले जानकारी दिएको छ ।

त्यसैगरी सेनाले यसअघि असोज ५ गतेदेखि अष्टमीसम्म दशैंमा घर जानेहरु सेनाका परिवारलाई देशका विभिन्न स्थानमा निःशुल्क रुपमा घर पुर्याउँदै आएको छ । एक जना सैनिकको ४ जनालाई निःशुल्क रुपमा घर पुर्याईदिने काम सेनाले गर्दै आएको छ ।