दहचोकमा टुमोर फिटनेस क्लब सञ्चालनमा

काठमाडौं । चन्द्रागिरिको दहचोकस्थित टुमोर फिटनेस क्लब सञ्चालनमा आएको छ । युवा व्यवसायी, समाजसेवि एवम खेलडि विरेन श्रेष्ठ ले क्लब सञ्चालनमा ल्याएका हुन् । उनि समाधान बचत तथा ऋण सहकारी लि. का अध्यक्ष समेत हुन । चन्द्रागिरि नगरपालिका वडा न १ का वडा अध्यक्ष राजेन्द्र केसि र वडा न ८ का अध्यक्ष सन्तोष खड्काले सङ्युत रुपमा शनिवार एक कार्यक्रमका बीच क्लबको उद्घाटन गरेका हुन् ।

क्लबले स्वास्थ्य तथा खेलकुदको क्षेत्रमा महत्वपूर्ण योगदान पु¥याउनसक्ने केसिले बताए । ‘जिम गरेर शरिरलाई स्वस्थ राख्ने धेरैको चाहना हुन्छ,’ उनले भने, ‘विशेष गरी शरिरको ख्याल गर्नेहरुका लागि र खेलाडीहरुलाई फिटनेस क्लब आकर्षण बन्नेछ ।’ कार्यक्रममा बोल्दै चनपा ८ का वडा अध्यक्ष खड्काले स्वास्थ्यको लागि फिटनेस क्लब महत्वपूर्ण रहने बताए । दहचोक सिर्जनाचोकस्थित ग्रामिण सहकारी भवनमा सन्चालन उक्त क्लबमा झन्डै ६० लाख रुपैयाँ लगानी भएको सञ्चालक विरेन श्रेष्ठ ले जानकारी दिए ।

‘पुरुष र महिला दुवैलाई लक्षित गरी क्लब सञ्चालनमा ल्याएका हौं,’ उनले भने, ‘नविनतम प्रविधिको प्रयोग गरी आधुनिक डिजाइनमा फिटनेस क्लब तयार गरिएको छ ।’ बिहान ५ बजेदेखि राती ८ बजेसम्म क्लब खुल्ला रहनेछ । २ जनाले नियमित रुपमा प्रशिक्षण दिने श्रेष्ठ ले जानकारी दिए । ‘फिटनेस सम्बन्धी सम्पूर्ण अभ्यास क्लबमा हुन्छ,’ श्रेष्ठ ले भने ।