देवदर्शन कप ब्याडमिन्टन, अाजबाट दाेश्राे चरणका खेल सुरु


चन्द्रागिरि ।

देवदर्शन साकाेसकाे वार्षिकोत्सवका अवसरमा अायाेजित दाेश्राे देवदर्शन कप ब्याडमिन्टन प्रतियोगिताका दाेश्राे चरणका खेलहरु साेमबारबाट सुरु भएका छन् । पहिलाे चरणका ३२ टाेलीबाट दाेश्राे चरणका लागि १६ टाेली छानिएका छन्, दाेश्राे चरणको खेलमा विजयी हुने टाेली क्वाटरफाइनलमा प्रवेश गर्नेछन् ।

साेमबार सम्पन्न कुमार लामा र सन्ताेष रम्तेलकाे जाेडीलाई १४-२१ र ११-२१ काे साेझाे सेटमा पराजित गर्दै राजन केसी र दिपेश खड्का क्वाटरफाइनलमा प्रवेश गरेका छन् । अर्काे खेलमा शंकर भट्टचन र बुद्ध घिमिरे जोडी प्रेम महर्जन र विरकृष्ण महर्जनको जाेडीसँग २९-३० र १४-२१ काे सेटमा पराजित भयाे त्यस्तै अाज भएकाे तेस्रो तथा अन्तिम खेलमा सविन श्रेष्ठ र राज कुमार पाेखरेलकाे जाेडी दिल बहादुर थापा र श्याम न्याैपानेकाे जाेडीलाई २१-९ र ११-२१ काे सेटमा पराजित गर्दै क्वाटरफाइनलमा प्रवेश गरेका छन् ।