धादिङको केन्द्रबिन्दु भएर ४.८ म्याग्निच्यूडको भूकम्प

काठमाडौं, जेठ १७ गते । धादिङको सुनौला बजार केन्द्रविन्दु भएको भूकम्प गएको छ ।

राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार शनिबार राति ९ बजेर ३६ मिनेट जाँदा ४.८  म्याग्निच्युडको भूकम्प गएको हो ।

भूकम्पको धक्का काठमाडौंमा पनि महसुस गरिएको थियो ।