धुलिखेल अस्पतालमा शंकास्पद महिलाको मृत्यु पछि उच्च सर्तकता

काठमाडौँ, जेठ ३ गते । काभ्रे धुलिखेल अस्पतालमा उपचाररत एक महिलाको मृत्य भएपछि अहिले सर्तकता अपनाइएको छ । कोरोनाको लक्षण मिल्दोजुल्दो बिरामीको मृत्युपछि स्वाब परीक्षणका लागि राष्ट्रिय सरुवारोग प्रयोशाला, टेकु पठाइएको र त्यसको रिपोर्ट आउन बाँकी रहेको काभ्रेका प्रमुख जिल्ला अधिकारी श्रवणकमार तिमिल्सिनाले बताउनुभयो ।
उहाँले धुलिखेल अस्पताल क्षेत्रमा अहिले आवतजावतमा रोक लगाइएको पनि जानकारी दिनुभयो । कोरोना सङ्क्रमणसँग मिल्दोजुल्लो लक्षण भएकी एक महिलाको धुलिखेल अस्पताल मृत्यु भएपछि कोरोना रोकथाम जिल्ला कमाण्ड पोष्टको आकस्मिक बैठक जिल्ला प्रशासन कार्यालयमा धुलिखेलमा बसेको छ ।
सिन्धुपाल्चोक बाह्रबिसेको २९ वर्षीया सुत्केरी महिलाको मृत्यु भएपछि अस्पतालमा के गर्ने भनेर जिल्ला प्रशासन कार्यालयमा बैठक बसेको छ ।
त्रिवि शिक्षण अस्पताल काठमाडौँमा केही दिन अघि सुत्केरी भएर घर फर्केपछि ती महिलमा कोरानाको मिल्दोजिल्दो लक्षण देखिएपछि धुलिखेल अस्पताल भर्ना गरिएको थियो ।
उनको उपचारकै क्रममा मृत्यु भएको बताइए पनि थप कुरा खुलाइएको छैन । बिरामीको मृत्यु भएपछि उनको स्वाब परीक्षण अघि बढाइएको रिपाेर्ट आएपछि के गर्ने भनेर जिल्ला प्रशासन कार्यालय, काभ्रेको सभा कक्षमा आकस्मिक बैठक बसेको हो ।रासस