निर्देशक अमृतमान महर्जनद्धारा निर्देशित स्वयनगु चलचित्रवाट न्यूयोर्कमा ३ वटा अवार्ड जित्न सफल

निर्देशक अमृतमान महर्जनद्धारा निर्देशित स्वयनगु चलचित्र आदिवासि जनजाति महासंघको आयोजनामा यहि १५ र १६ सेप्टेम्वर २०१८ मा अमेरिकाको न्यूयोर्कमा सम्पन्न नेपाल आदिवासि फिल्म महोत्सव (निफ) मा वेष्ट स्क्रीन ल्पे अमृतमान महर्जन, वेष्ट एक्ट्रेस भिन्तुना जोशी र वेष्ट कष्टुम गरी ३ वटा अवार्ड जित्न सफल भएकोछ । निर्माता गोपालकृष्ण नकर्मि रहेको उक्त नेपालभाषाको ऐतिहासिक चलचित्र स्वयनगु को प्रस्तुतीकरण,भाषा तथा छुट्टै किसिमको नेवारी संस्कृती झल्केको चलचित्र हुनाले अन्तराष्ट्रिय बजारमा समेत नेवार समुदायको पहिचान बनाउन मद्दत पुगेकोेछ । हाल सम्म नेपालको विभिन्न स्थानमा गरी २६ वटा च्यारिटी शोवाट सम्पूर्ण दर्शकहरुको मन जित्न सफलको क्रममा दुवइ,क्यानाडा,जापान र अष्ट्रेलियामा समेत यस चलचित्र प्रदर्शनीको लागि माग आई रहेको छ ।

करिव तीन दशक देखि निरन्तर नेपाली चलचित्र क्षेत्रमा निरन्तर क्रियासिल अग्रज निर्देशक अमृतमान महर्जनले रंंंगमञ्च देखि निर्देशनको सुरुवात गर्नुभइ विभिन्न स्वास्थ्य,शिक्षा,महिला हिंसा,जनसंख्या तथा बैदेशिक रोजगार सम्वन्धी विभिन्न जनचेतनामूलक सयौंं टेलिसन्देस , वृत्तचित्र,टेलिं चलचित्र निर्देशन गर्दै आफ्नो मातृभाषाको चलचित्रमा रमाउने निर्देशक अमृतमान महर्जन चन्द्रागिरि नगरपालिका वडा नं १२,बलम्वु,काठमाडौं स्थायि निवासी हुन ।