नेपालमा अनिवार्य लागु हुँदै इम्बोस्ड नम्बर प्लेट । के हो त यम्बोस्ड प्लेट ?

असार १३ काठमाण्डौ । यातायात व्यवस्था विभागले यसै वर्ष देखि सबै प्रकारका सवारी साधनमा लागु गर्ने काम भैरहेको छ । नेपाल सरकारले चालु आर्थिक वर्षको बजेट भाषणमा पनि यसै वर्ष देखि सवारी साधनमा इम्बोस्ड् नम्बर प्लेट लागू गर्ने घोषण गर्यो , यातायात व्यवस्था विभागको वार्षिक कार्ययोजनामा यहि आर्थिक बर्ष बाट लागू गर्ने उल्लेख गरेको छ । सोही योजना बमोजिम विभागले उच्च प्रविधिको इम्बोस्ड नम्बर प्लेट लागू भएपछि सवारी साधन चोरीको अन्त्य हुने र राजस्व नतिर्ने सवारी साधनलाई पनि करको दायरमा ल्याउन सकिने योजनाका साथ धमाधम काम गरिरहेको छ । उच्च प्रविधिको इम्बोस्ड नम्बर प्लेट उच्च सुरक्षायुक्त सवारी साधनमा प्रयोग हुने नम्बर प्लेट हो । जसमा माइक्रो चिप अथवा आरएफआईडीमार्फत सवारी साधनको सम्पुर्ण विवरण परीक्षण गर्न सकिन्छ । यसलाई अन्तर्राष्ट्रिय स्तरमा भने ‘भेइकल लाइसेन्स प्लेट’ को नामले सम्बोधन गर्ने गरिएको छ । सुरक्षाको दृष्टिकोणले उच्च सेक्युरिटी नम्बर राखिने हुँदा इम्बोस्ड प्लेट भन्ने गरिएको हो । हाल विश्वको धेरैजसो मुलुकमा उच्च प्रविधिको नम्बर प्लेट प्रयोग भइसकेको छ । सुचना प्रविधिको युगमा अहिले नेपालमा यातायत क्षेत्रको सुधारको लागि अत्याधुनिक प्रविधि अनिवार्य बनेको छ । यो प्रविधिको नम्बर प्लेट प्रयोगमा आएपछि सवारी साधन कहाँ बनेको,सवारी धनि को हो, कसले प्रयोग गरिरहेको छ, कुन ठाउँको कहाँ पुगेको छ, जस्ता सबै तथ्य यातायात व्यवस्था विभाग कार्यालय अथवा ट्राफिक कक्षमा बसेर थाहा पाउन सकिन्छ । यसको प्रयोगबाट सवारी साधनले राज्यलाई तिर्नुपर्ने कर दाखिला गरे नगरेको जानकारी हुने र चोरीका सवारी साधन प्रयोग पुर्णतया बन्द हुने छ । कर छलेर निर्वाधरुपमा प्रयोगमा आइरहेका सवारी साधन ट्राफिक प्रहरीको चेकजाँचबाट मात्रै पत्ता लाग्ने अहिलेको प्रणाली इम्बोस्ड नं.प्लेटको प्रयोगपछि अन्त्य हुने विभागको ठहर छ । एउटै नम्बर प्लेटमा अलग–अलग सवारी साधन प्रयोग हुने कार्य पुर्ण रुपमा बन्द हुनेगरी ‘सिंगल स्क्रोल लक’ प्रणाली लागु हुने छ । एउटा सवारी साधनमा साबिकको जस्तै अगाडि र पछाडि दुई ठाउँमा नम्बर–प्लेट रहने छ । नम्बर–प्लेटको सँगसँगै सवारी साधनमा ‘आरएफआईडी स्टिकर’ टाँसिएनेछ । स्टिकर एक पटक टाँसेपछि पुनः निकालेर अर्को पटक टाँस्न मिल्नेछैन । आरएफआईडी ‘रेडियो फ्रिक्वेन्सी आइडेन्टीफिकेशन डिभाइस’ हो । सवारी साधनमा एम्बोस्ड नम्बर प्लेटको कार्यन्वयनका लागि भने आरएफआईडी स्टेशन आवश्यक पर्ने भएकाले विभागले उपत्यका छिर्ने पाँच वटा नाका र उपत्यका बाहिर पनि मुख्य–मुख्य नाकामा स्टेशन राख्ने काम गरिरहेको छ । पहिलो चरणमा इटहरी, पथलैया, मुग्लिन र अत्तरियामा आरएफआइडी स्टेशन राख्ने काम भैरहेको छ । थप जानकारकिा लागि भिडियो हेर्नुहोस् ।