नेपाल टेलिकमको २२ प्रतिशत सेयर ग्राहकलाई दिने

सरकारले नेपाल टेलिकमको शेयर विनिमेश गर्ने घोषणा गरेको छ । आगामी आर्थिक वर्षको बजेट सार्वजनिक गर्दै अर्थमन्त्री विष्णु पौडेलले  टेलिकमको शेयर बिनिमेश गर्ने घोषणा गरेका हुन्।

उनले टेलिकमको २२ प्रतिशत शेयर बिनिवेष गर्ने र ग्राहकले ति शेयर खरिद गर्न सक्ने बताएका हुन् । २०७८ साल असोज मसान्तसम्म यसको मोडालिटी र मूल्य तोकिसक्ने उनले बताएका छन् ।