नेपाल प्रहरीको हाई कमाण्ड समाल्न सक्ष्म पाेखरेल

९  मंसिर काठमाडौं । इमान्दार, सक्षम एवं कर्तव्यनिष्ठ र उच्च मनोबलयुक्त प्रहरी कर्मचारीहरुको कार्य सम्पादनबाट मात्रै प्रहरीप्रति आम नागरिकको विश्वास रहन्छ ।
आम नागरिकप्रति सधैँ विश्वासीलो, इमान्दार, सक्षम कर्तव्यनिष्ठ र शान्ती सुरक्षा अमनचयन कायम राख्न सफल प्रहरी अधिकृतमध्ये एक हुन् प्रहरी नायब महानिरिक्षक (डीआईजी) विश्वराज पोखरेल ।                                                        
२०४३ सालमा करिब ५ वर्ष अदालतमा न्याय सेवामा काम गरेर देश राष्ट्र र जनताका लागि सर्मपित हुन्छु भने भावका साथ पोखरेलले २०४९ साल चैत १२ गते नेपाल प्रहरीमा प्रहरी निरीक्षक (इन्सपेक्टर) बाट प्रहरी सेवामा प्रवेश गरेका थिए ।                                                                  
कानुनमा पोख्त पोखरेल नेपाल प्रहरीको हरेक युनिटमा बसेर उत्कृष्ट कार्यसम्पादन गर्ने भएका कारण उनी सधैँ इमान्दार, अनुशासित प्रहरी अधिकृतको रुपमा छवि बनाउन सफल भइरहे । उनै डीआईजी पोखरेल आफूले पाएको जिम्मेवारीलाई सधैँभरि इमान्दारीपूर्वक निर्वाह गर्न कहिले पछि हटेनन् । जबकि कठिनभन्दा कठिन जिम्मेवारीलाई समेत सधैँ अवसर र ज्ञान दक्षताका रुपमा विकास गर्न लागि परे ।                            
डीआईजी पोखरेलले नेपाल प्रहरी संगठनको प्राय सबै कार्यालयहरुको अनुभव सम्हालेका तालिम केन्द्र, एकेडेमी, गण, अपराध अनुसन्धान महाशाखा, महानगरीय ट्राफिक कार्यालय, काठमाडौँका प्रायः सबै युनिटको कमाण्ड सम्हालिसकेका र अनुभवले खारिएका, कानुनले खारिएका पोखरेल प्रहरी संगठनको नेृतृत्वमा पुग्दैछन् । संगठनले पनि यस्तै प्रहरी नेतृत्वको खोजी गरिरहेको छ ।
उनै प्रहरी नायब महानिरिक्षक हुन सधैँ प्रहरी कर्मचारीलाई आम नागरिकको सुरक्षाको प्रत्याभूति हुने गरी काम गर्न निदृष्ट लागिपरे । काठमाडौँ, मोरङ, सङ्खुवासभामा सफल निर्वाचन सम्पन्न गर्ने उनै डीआईजी यतिखेर चर्चाको शिखरमा छन् ।                                      
प्रहरी प्रशासन शाखा बसेर काम गरेको अनुभव सम्हालेका, काठमाडौँ प्रहरी परिसरमा रहँदा आम नागरिकका बीच हाईहाई समेत कमाउन सफल, राजधानीको शान्ती सुरक्षामा पोखरेलले कुनै कसुर बाँकी राखेनन् ।
उनै पोखरेलले महानगरीय प्रहरी कायालय रानीपोखरीमा आएको दुई महिनाभित्रमै जवान हबल्दारहरुको मेस सुधार कार्यमा सोचे अनुरुप काम गर्न सफल भएका छन् ।                            
सुशासनको प्रतिवद्धता अगुवाइ गर्न सुशासनको आधारभूत कुराहरु कानुनी शासन, निष्पक्षता पारदर्शिता, समानता, व्यवसायिक र इमान्दारीको विकास गर्नमा पोखरेल सधैँ लागिपरे ।
प्रहरीको व्यवसायीकतालाई सुधार गर्न मेस, आचरणसँगै धेरै कुरा क्रमशः सुधार गर्दै जानुपर्ने पोखरेलको भनाइ छ । अधिकृतदेखि जवान सबैजना सँगै बसेर खाना खादा आत्मीयता बढ्ने भावना रहेका पोखरेल संगठनको पद्धतिमा रहेर एक अर्काको सम्मान गर्ने परम्परा बसाल्न आयश्यक रहेको बताउँछन् । नेपाल प्रहरीकाे अत्यन्तै अनुभवी र कुशल नेतृत्व नेपाल प्रहरीले पाउदै छ । आम नागरिकले पनि शान्ति सुरक्षा र कुशल प्रहरी प्रशासनकाे प्रत्याभूति गर्न यी र यस्ता कुशल भावी प्रहरी महानिरीक्षकमा देखन्न चाहेकाे एक पुर्व महानिरीक्षकहरू बताउँछ । देशकाे स्थाई शान्ति सुरक्षा र देशकाे समग्र विकासमा कुशल ईमानदार नेतृत्व प्रहरीहरूमा हुनपनि जरूरी छ । विधिको शासनलाई कायम राख्न पनि बर्तमान संगठन प्रमुख जस्तै भावी नेतृत्वको लागि सक्षम प्रहरी महानिरीक्षक देशले खाजेकाे छ ।