पेट्रोल, डिजेल र मट्टितेलको मूल्य बढ्यो

काठमाडौं : नेपाल आयल निगमले पेट्रोल, डिजेल र मट्टितेलको बढाएको छ। सोमबार रातिदेखि लागू हुने गरी निगमले इन्धनको मूल्य बढाएको हो। 

निगमले पेट्रोल, डिजेल र मट्टीतेलमा प्रतिलिटर २ रुपैयाँ बढाएको छ। नयाँ मूल्यअनुसार प्रतिलिटर पेट्रोल १ सय ९ र डिजेल तथा मट्टीतेल ९७ रुपैयाँ पुगेको छ।