प्रदेश ३ ले तोक्यो स्थानीय जनप्रतिनिधिको तलब सुविधा, कसले कति पाउने ?

प्रदेश ३ को सरकारले स्थानीय जनप्रतिनिधिको तलब सुविधा तोकेको छ । बिहिवार बसेको मन्त्रिपरिषद्को बैठकले स्थानीय तहका जनप्रतिनिधिको तलब सुविधासम्वन्धी विधेयक पास गरेको हो । यसलाई प्रदेशसभाले अनुमोदन गर्न बाँकी छ ।

सरकारको निर्णयअनुसार महानगरपालिकाका मेयरले ४६ हजार तलब पाउनेछन् । ३ हजार सञ्चार सुविधा थप हुनेछ । दैनिक भ्रमण भत्ता २ हजार तोकिएको छ, भने विदेश जाँदा दैनिक २०० डलर पाउनेछ । यात्रा विमा १० लाखको हुने विधेयकमा उल्लेख छ ।

उपमेयरले ४० हजार २००० र वडाध्यक्षले २८ हजार पाउनेछन् । यस्तै उपमहानगरका मेयरले ४० हजार २०० र उपमेयरले ३५ हजार र वडाध्यक्षले २५ हजार पाउनेछन् ।

नगरपालिकाका मेयरले ३५ हजार, उपमेयरले ३१ हवार र वडाध्यक्षले २२ हजार तलब पाउनेछन् । गाउँपालिकाका अध्यक्षले ३१ हजार पाउनेछन् भने उपाध्यक्षले २७ हजार र वडाध्यक्षले २० हजार पाउनेछन् ।

जिल्ला समन्वय समितिका प्रमुखले पनि महानगरका मेयरले सरह ४६ हजार तलब पाउनेछन् भने उपप्रमुखले ४० हजार २०० पाउनेछन् ।यसबाहेक मासिक सञ्चार सुविधाका साथै दैनिक भ्रमण भत्ता, विदेश जाँदा दैनिक भत्ता पनि पाउनेछन् ।