प्रधानमन्त्रीको दाबी पेश गर्न देउवा शीतलनिवासमा

तस्बिर: रोशन सापकोटा
काठमाडौं-
 विपक्षी दलका शीर्ष नेताहरु संविधानको धारा ७६ (५) अनुसारको सरकार गठनका लागि दावी पेश गर्न राष्ट्रपति कार्यालय शीतल निवास पुगेका छन् ।

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधनमन्त्री बनाउन प्रस्ताव गर्दै १४९ सांसदको हस्ताक्षरसहित नेताहरु शीतलनिवास पुगेका हुन् ।

नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्र र जसपाका सांसदहरुले नेपाली काँग्रेसका सभापतिसमेत रहनुभएका नेता देउवालाई प्रधानमन्त्री बनाउन हस्ताक्षर गरेका हुन ।

त्यसो त देउवालाई प्रधानमन्त्रीको दावी गर्न हस्ताक्षर जुटाउन सत्तारुढ दल एमालेका सांसदहरु पनि छन ।

नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालसहितका सांसदहरुले देउवालाई प्रधानमन्त्री बनाउन हस्ताक्षर गरेका छन ।

उता जसपाका सांसदहरु सबैले देउवालाई समर्थन गरेका छैनन । जसपाका उपेन्द्र यादव र बाबुराम भट्टराई पक्षीय सांसदहरुले हस्ताक्षर गरेका छन भने महन्थ ठाकुर र राजेन्द्र महतो पक्षीय सांसदहरुको हस्ताक्षर छैन । एन टिभी बाट