फेरि बढ्यो पेट्रोलियम पदार्थको मूल्य, पेट्रोल अब प्रतिलिटर १ सय २५ रूपैयाँ

काठमाडाैं । नेपाल आयल निगमले फेरि पनि तेलको मूल्य बढाएको छ । निगमले शनिबार रातिदेखि लागु हुने गरी पेट्रोल, डिजेल, मट्टितेल र हवाइ इन्धनको मूल्य प्रतिलिटर २–२ रूपैयाँले बढाएको हो ।

ताेकिएकाे नयाँ मूल्यसूचीअनुसार पेट्रोल प्रतिलिटर १ सय २५ रूपैयाँ, डिजेल र मट्टितेल प्रतिलिटर १ सय ८ रूपैयाँ पुगेको छ । यस्तै आन्तरिकतर्फको हवाइ इन्धनकाे नयाँ मूल्य प्रतिलिटर ८० रूपैयाँ कायम भएको छ ।