फेरी बढाईयो पेट्रोलियम पदार्थको मूल्य

नेपाल आयल निगमले पेट्रोलियम पदाथमा मूल्य वृद्धि गरेको छ । निगमले आज मंगलबार राति १२ बजेदेखि लागू हुने गरी डिजेल, पेट्रोल मट्टीतेल तथा आन्तरिक तर्फको हवाई इन्धनको मूल्य बढाएको हो ।

नयाँ मूल्यअनुसार अब पेट्रोल प्रतिलिटर ११४ रुपैयाँ, डिजेल र मट्टितेलको प्रतिलिटर ९७ रुपैयाँ तथा आन्तरिक तर्फको हवाई इन्धनको प्रति लिटर मूल्य ६७ कायम गरिएको छ ।