बलम्बुस्थित सामुदायिक अस्पतालमा अस्थायी कोभिड आइसोलेसन सेन्टर आज बात सञ्चालनमा

काठमाडौं। बलम्वु अस्थायी आईसोलेसन ब्यवस्थापन समितिले कोभिड-१९ संक्रमित बिरामीलाई प्राथमिक उपचार प्रदान गर्ने उदेश्यले चन्द्रागिरि नगरपालिका वडा नं.१२ बलम्वुमा अवस्थित नहुंदा स्वस्थ सामुदायिक अस्पतालमा अक्सिजन सहितको १० बेड शैया आईसोलेसन सेन्टर संचालन ल्याएको छ।

कोभिड-१९ संक्रमितलाई उच्च मनोबल सहित प्राथमिक उपचार सेवा प्रदान गर्ने गरी उक्त आईसोलेसन सेन्टर शनिवारदेखि संचालनमा ल्याएको च.न.पा. १२ का वडा अध्यक्ष प्रकाश श्रेष्ठले जानकारी गाराउनु भएको हो ।

साथै च न पा ८ स्तिथ नगरस्तरीय सामुदायिक अस्पताल मातातीर्थ मा ३० बेड, र थानकोट प्राथमिक अस्पताल र च न पा ३ को नवनिर्मित वडा भवनमा ३० बेड गरि हाललाई ७५ र आवश्यकता अनुसार थप गर्न सकिने, उक्त स्थान बाट नगरबासीले स्वास्थ्य सेवा प्राप्त गर्दै आएको नगरप्रमुख गिरीले बताउनु भएको हो ।

हालै नेपाल सरकार, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयद्वारा प्रेशित जानकारी अनुसार कोभिड-१९ को नयां भेरियन्ट पत्ता लागेको बिषम परिस्थितिमा महामारीले जस्तोसुकै रुप लिनसक्ने भएकाले समाजमा थप संक्रमण फैंलिन सक्ने भएमा त्यसको नियन्त्रण तथा रोकथाम गर्ने हेतुले सद्भावपूर्ण सहकार्य गरि नेपाल सरकारद्वारा जारी गरिएको स्वास्थ्य मापदण्ड पालना गर्दै कोभिड-१९ संक्रमित ब्यक्तिहरुलाई उच्च मनोबलका साथ बस्ने तथा प्राथमिक उपचार सेवा प्रदान गर्ने आइसोलेसन सेन्टरको उदेश्य रहेको पनि अध्यक्ष श्रेष्ठले बताउनु भएको छ।
तस्बिर:- नगरप्रमुख घनश्याम गिरीको निजी सचिवालयबाट