बलिउडका चर्चित अभिनेता सुशान्त सिंह राजपुतले गरे आतमहत्या

काठमाडौं, ३२ जेठ । बलिउडका चर्चित अभिनेता सुशान्त सिंह राजपुतले आतमहत्या गरेका छन् ।

उनले आज (आइतबार) बिहान मुम्बाईस्थित आफ्नै घरमा झुण्डिएर आत्महत्या गरेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । उनको ‘केदारनाथ’ चलचित्र निकै चर्चित बनेको थियो । उनले किन आत्महत्या गरे भन्ने विषय अझै खुलेको छैन ।