“बालबालिकाहरु श्रममा होइन सपनामा देख्न रमाउछन्”भन्ने नाराका साथ विश्व बालश्रम बिरुद्ध दिवसको (१२ जुन २०१९) अवसरमा गरेका विविध कार्यक्रमहरु 

बालविकास समाज, कपन काठमाण्डौ र वल्र्ड भिजन ईन्टरनेशनल नेपालको साझेदारी र चन्दागिरी नगरपालिकाको समन्वयमा “ईटा उद्मोगमा रहेका बालबालिकाको उत्थानशिल बिकास परियोजना” ईटाउद्योगका श्रमिक र बालबालिकालाई लक्षित गरि संचालन भइरहेको छ ।

उक्त परियोजनाले बालश्रम अन्त्यको लागि विश्व बालश्रम बिरुद्ध दिवसको (१२ जुन २०१९) अवसर पारि परियोजना अन्तर्गत बालअधिकार, अधिकारको प्रवर्धन र सम्बर्धनको लागि चन्दागिरी नगरपालिकाको अगुवाईमा विविध कार्यक्रमहरु जस्तै सिर्जनाशील अपाङ्ग पुनस्थापना तथा विशेष शिक्षा विद्यालयमा ११ जुनको दिन २० जना विद्यार्थी भाई बहिनीहरु बीच “रेखाचित्र प्रतियोगिता”, राष्टिय गुरुयोजना (२०७५÷८५) सम्बन्धी सरोकारवाला सरकारी तथा गैरसरकारीहरु बीच “अन्तरक्रियात्मक कार्यक्रम”, १२ जुनको दिन च.न.पा. ९ को मच्छेगाऊमा “चेतनामूलक प्रभातफेरी”, राष्टिय गुरुयोजना (२०७५÷८५) सम्बन्धी च.न.पा.का सरोकारवाला तथा वडाका सबै जन प्रतिनिधिहरु बीच “अन्तरक्रियात्मक कार्यक्रम”, मंगलदय मा.वि, मंगल मा.वि, बलम्बू मा.वि साथै नारायणजन मा.विमा “बाल क्लब गठन तथा पुनगठन” गराई बाल क्लबका सदस्यहरु सबैलाई “२ दिने क्षमता अभिवृद्वी तालिम उपलब्ध” साथै मंगलदय मा.वि मा, थानकोटमा “वक्तित्वकला” र ६ वटा विद्यालयलाई समेटेर “अन्तर मा.वि हाजिरीजवाफ प्रतियोगिता” सम्पन्न गरेको बाल विकास समाजका बाल संरक्षण अधिकृत प्रकाश सुनुवारले जानकारी दिए।

उक्त परियोजना अन्तर्गत चन्दागिरी नगरपालिकाले “बालश्रम मुक्त कार्ययोजना कार्यन्वयन गर्न समर्थन”, गरेको कुरा वल्र्ड भिजन ईन्टरनेशनल नेपालको कार्यक्रम संयोजक भरत तामाङले जानकारी दिनुभयो ।