बाल विकास समाज र वल्र्र्ड भिजन ईन्टरनेशनल नेपालले चन्द्रागिरी नगरपालिका लाइ साबुन र मास्क सहयोग

बाल विकास समाज, कपन काठमाण्डौ र वल्र्र्ड भिजन ईन्टरनेशनल नेपालको साझेदारीले चन्द्रागिरी नगरपालिका भित्र रहेका ईट्टा उद्योग “ईट्टा उद्योयमा रहेका बालबालिकाको उत्थानशिल विकास परियोजना” ईट्टा उद्योयका श्रमिक र बालबालिकालाई कोरोना भाइरसको संक्रमणको जोखिमबाट बच्न लक्षित गरि साबुन र मास्क वितरण गरेको छ।

उक्त संस्थाले ३ हजार १ सय हात धुने 95 gram lifeboy साबुन  र १५ वटा एननाइन्टी फाइव मास्क चन्द्रागिरि नगरपालिकामा रहेका ईट्टा उद्योयका श्रमिक र बालबालिकालाई हात धुने बानी बसाल्न र नगर भित्र रहेका स्वास्थ्य सेवकलाइ भाइरसको संक्रमणको जोखिमबाट बच्न मास्क सहयोग प्रदान गरेको हो।

ईट्टा उद्योगमा रहेका बालबालिकाको उत्थानशीलविकास र नेपालविपद जोखिम न्युनीकरण परियोजनामार्फत सामाग्रीहरु सहयोग गरिएको हो ।