बाहिरी चक्रपथ आयोजना : जग्गा प्राप्तिको फाइल सदर

काठमाडौं । काठमाडौं उपत्यका बाहिरी चक्रपथ निर्माण गर्ने सरकारको १३ वर्षदेखिको घोषणा अन्ततः कार्यान्वयनमा आउने निश्चित भएको छ ।

बहुप्रतीक्षित आयोजनाका रूपमा हेरिएको बाहिरी चक्रपथ निर्माणको पहिलो चरणमा निर्माण गरिने चोभार–सतुङ्गलको ६ दशमलव ६ किमी जग्गा प्राप्तिको प्रस्ताव बुधवार शहरी विकास मन्त्री दिलनाथ गिरीले सदर गरेपछि उक्त आयोजना कार्यान्वयनमा जाने निश्चित भएको हो ।

आगामी सोमवार बस्ने मन्त्रिपरिषद्को बैठकले उक्त प्रस्ताव स्वीकृत गरेपछि आयोजना औपचारिक रूपमा कार्यान्वयनमा जाने निश्चित भएको हो । मन्त्री गिरीले बाहिरी चक्रपथको जग्गा प्राप्तिको प्रारम्भिक अधिकारी तोक्ने र जग्गा प्राप्तिका लागि मन्त्रिपरिषद् पठाउने फाइल बुधवार स्वीकृत गरेको मन्त्री गिरीको निजी सचिवालयले जानकारी दिएको छ ।

बाहिरी चक्रपथ आयोजना अधिकृत धुव्र सापकोटाका अनुसार फाइल सदर भएपछि रोकिएका कामहरू अघि बढाउन सहज भएको हो । सापकोटाले भने, ‘मन्त्रिपरिषद्मा बुधवार पठाउने तयारी भए पनि सीमित प्रशासनिक काममा बाँकी रहेकाले सोमवारको मन्त्रिपरिषद्मा पठाउने र सोही दिन नै प्रस्ताव स्वीकृत हुने निश्चित भएको छ ।’

उक्त प्रस्ताव मन्त्रिपरिषद्बाट स्वीकृत भएपछि आयोजनाको विस्तृत आयोजना प्रतिवेदन ९डीपीआर०अनुसार तत्कालका लागि पहिलो चरणमा बन्ने चोभार–सतुङ्गलको भौतिक पूर्वाधार विकासका लागि जग्गा प्राप्ति ऐन २०३४ अनुसार जग्गा प्राप्तिका लागि प्रारम्भिक अधिकारी तोकिनेछ ।

कुल ७१ दशमलव ९३ किलोमिटर लम्बाइको यस आयोजनाबाट १४ हजार घरधनी प्रभावित हुनेछन् भने ९० हजार रोपनी जग्गा अधिग्रहण गर्नुपर्ने हुन्छ । चालू आर्थिक वर्ष २०७४र७५ का लागि आयोजनाले रू। १० करोड बजेट पाएको छ ।

आगामी असारसम्ममा सबै क्षेत्रको डीपीआर स्वीकृत गरी आगामी दशैंसम्ममा आयोजनाले समेट्ने सबै सडक खण्डको ट्र्याक खोलिसक्ने लक्ष्य राखिएको छ । काठमाडौं उपत्यकाको बढ्दो शहरीकरणलाई व्यवस्थित गरी व्यवस्थित बसोवास र योजनाबद्ध विकास गर्ने मुख्य उद्देश्य आयोजनाको रहेको छ ।

उक्त आयोजनाअन्तर्गत नै दातृ निकायको सहयोगमा काठमाडौंको कलङ्कीमा फ्लाई ओभर निर्माण गरिनेछ । कुल ७२ किमीको लम्बाइमा उक्त आयोजनाले काठमाडौंको सीतापाइलादेखि बालाजु बाइपाससम्मको ३ दशमलव ७५ किमी साविकको चक्रपथमा जोडिन गएको छ ।

उक्त क्षेत्रमा बाहिरी चक्रपथको मुख्य सडक ९ट्रङ्क रोड०ले ओगट्ने ५० मिटर सडक र सो सडकको दायाँबायाँको प्रभाव ९२५० मिटर०को जग्गा समेटी, आवासीय, व्यापारिक, खुला क्षेत्र विकास गरिने आयोजनाको अवधारणा रहेको छ । यस्तै अतिआवश्यकीय पूर्वाधारहरूको विकास गरी आयोजना स्थलमा ल्याण्ड पुलिङ सिष्टमबाट विकसित प्लटहरू विकास गरिने आयोजनाले बताएको छ ।

नागढुङ्गा सुरूङ निर्माण प्रक्रिया शुरू

काठमाडौं ९अस० । सरकारले नागढुङ्गा—नौबीसे सुरूङमार्ग निर्माण कार्यलाई अघि बढाउन जग्गा प्राप्तिको प्रक्रिया शुरू गरेको छ । सुरूङ मार्ग निर्माणका लागि जग्गा प्राप्ति गर्न जिल्ला प्रशासन कार्यालय काठमाडौंले बुधवार ३० दिने सूचना जारी गरेसँगै उक्त आयोजना अगाडि बढेको हो ।

यस्तै तोकिएको ३० दिने म्यादमा कुनै दाबी नआएमा कानूनबमोजिम उक्त खण्डमा कसैको हक नलाग्ने कार्यालयले उल्लेख गरेको छ । सरकारले करीब रू। १७ अर्बको लागतमा काठमाडौंको थानकोट–नागढुङ्गादेखि धादिङ जिल्लाको नौबीसेमा पर्ने झ्याप्ले खोलासम्म उक्त सुरुङमार्ग’ निर्माण गर्न लागेको हो । जापान सरकार (जाइका) को प्राविधिक र ऋण सहयोगमा उक्त सुरुङमार्ग निर्माण गर्ने तयारी गरेको छ । उक्त मार्गको सुरुङखण्ड करीब साढे २ किलोमिटर लामो हुनेछ । अभियानबाट