बोलिभियन च्याम्पियनलाई हराएर नेपाली बक्सर अविरल घिमिरे विजयी

जापानमा भर्खरै सम्पन्न ‘हिट ४५’ नामक प्रोफेसनल किक बक्सिङ प्रतियोगितामा नेपाली युवा खेलाडी अविरल घिमिरे ‘हिमालयन चितुवा’ले बोलिभियाका च्याम्पियनलाई हराएका छन्।

नेपालका घिमिरेले जापानको नागाेया कंग्रेस केन्द्रकाे हलमा नेपाली समय अनुसार २ : ३० मा सुरू भएकाे खेलमा बोलिभियन च्याम्पियन फ्रान्को गुथीलाई हराएका हुन्।

नेपालकाे प्रतिनिधित्व गर्दै नेपाली खेलाडी अविरल घिमिरेले बोलिभियाका च्याम्पियन फ्रान्को गुथीलाई दाेस्रो राउन्डमा नकाउट हानेर विजयी भए।

विजयी भएसँगै घिमिरेले जापानी येन नगद एक लाखसहित ट्रफी र मेडलसमेत प्राप्त गरेका छन्।

हालसम्म घिमिरेले खेलेका खेलमध्ये १२ वटामा ३ एमेच्याेर, २ वटा सेमी प्रोफेसनल र ७ वटा प्राेफेसनल खेलमा ११ वटा जित हासिल गरिसकेका छन्। जसमध्ये ७ वटा प्राेफेसनलमा ५ वटामा नकाउट गरी जितेका थिए भने १/१ प्वाइन्टकाे आधारमा जित हार भएकाे थियाे।

अबकाे आगामी भिड्न्त रिभेन्ज फाइट ब्राजिलियन खेलाडीसँग हुनेछ।