चन्द्रागिरिमा भोलि बिहान देखी १० बजे सम्म पसल खोल्न पाइने

काठमाडौं। जेठ १ देखि चन्द्रागिरि नगरमा जारी नगर क्षेत्र सिलको अवधि शनिबार राति १२ बजेबाट हट्ने भएको छ । नगरप्रमुखद्धारा जारी सूचनामा नगरक्षेत्रमा जारी सिल अवधि हटेपनि जिल्ला प्रशासन कार्यालयबाट जारी निषेधाज्ञाको अादेश भने यथावत हुने बताइएको छ ।

यसअघि चन्द्रागिरि नगरमा पहिलोपटक जेठ १ बाट ७ गते बिहान ६ गतेसम्म सिल अवधि तोकिएकोमा २ दिन थप गरि जेठ ८ गते मध्यरातसम्म लम्ब्याइएको थियो । जिल्ला प्रशासन कार्यालयको निषेधाज्ञाको अादेश जेठ १३ गतेसम्म लागु हुनेछ ।

उपत्यकाका तीन जिल्लाका प्रमुख जिल्ला अधिकारी र सुरक्षा निकायका पदाधिकारीहरुको २०७८/०१/२९ बसेको बैठकले  बिहान अत्यावश्यक सामान खरिदका लागि १० बजे सम्म खोल्न पाइने भएको छ। तर यो समयमा किनमेल गर्ने र सम्बन्धीत व्यवसायीले स्वास्थ्य सर्तकताका कामदण्ड अनिवार्य पालना गर्नुपर्ने छ ।