मण्डला ब्याडमिन्टन प्रतियाेगिता साउन २६ वाट ।

राेसन दानी
काठमाडौं । प्रथम मण्डला ब्याडमिन्टन खुला तथा भेट्रान्स ब्याडमिन्टन प्रतियाेगिता हुने भएकाे छ ।

मित्रता तथा सहिष्णुताकाे लागि खेलकुद भने नाराका साथ प्रथम मण्डला ब्याडमिन्टन खुला तथा भेट्रान्स ब्याडमिन्टन प्रतियाेगिता आयोजना गर्न लागिएको हो ।

नगर स्तरीय खुला प्रतियोगितामा विभिन्न नगरपालिकाहरूकाे लगभग ८० समुहकाे सहभागिता रहने मण्डला ब्याडमिन्टन समूहका अध्यक्ष देवेन्द्र प्रधानले वताए ।

सस्थाका अध्यक्ष प्रधानका अनुसार साउन २५ गते दिउँसो १२ बजे सम्म आवेदन दिन पाइने जानकारी दिएका हुन ।

खुला ब्याडमिन्टन प्रतियाेगिता प्रथम हुने जोडी ले प्रमाण पत्र,ट्रफिको साथमा नगद रू पच्चीस हजार ,
खुला दोस्रो हुने जोडी ले प्रमाण पत्र,ट्रफिको साथमा नगद रू १५ हजार खुला तृतिय हुने जोडी ले प्रमाण पत्र,ट्रफिको साथमा नगद रू १० हजार सहित पत्र र ट्रफि हात पार्ने छन् ।

भने भेट्रान्स ब्याडमिन्टन (४५साे भन्दा माथी उमेर समुहका चन्द्रागिरिका मात्र ) प्रथम जाेडीले प्रमाण पत्र,ट्रफिको साथमा नगद रू १५ हजार दृतियहुनेले १० हजार र तृतियहुनेले १० हजार सहित प्रमाण पत्र,ट्रफि पाउने छन् भने उत्कृष्ट खेलाडीले रु ५ हजार नगद राशी पुरस्कार पाउने अायाेजकले वताएकाे छ ।
प्रथम मण्डला ब्याडमिन्टन खुला तथा भेट्रान्स ब्याडमिन्टन प्रतियाेगिता यहि साउन २६ गते वाट चन्द्रागिरी वडा नम्बर ११ वल्खु स्थित मण्डला ब्याडमिन्टन कभर्डहलमा हुने अायाेजकले जानकारी दिएकाे छ ।