माग सुनुवाइ नभए भाद्र ३० गते देखि अनिश्चितकालीन पेट्रोलियम पदार्थ दुवानी वन्द गर्ने चेतावनी ।

नेपाल पेट्रोलियम ट्याङ्कर चालक संघले सरकारसमक्ष १८ बुँदे मागपत्र पेश गरेकाे प्रति वेवास्था गरेकाे भन्दै चरण बद्ध अान्दोलनकाे कार्यक्रमकाे घाेषणा गर्दै पहिलाे दिन देश व्यापी डिपाेहरूमा काेण सभा गरेकाे छ ।

पेट्रोलियम ट्याङ्कर चालक संघ वुधवार १८ बुँदे माग राख्दै नेपाल अायल निगम थानकाेट डिपाेमा काेण सभाकाे अायाेजना गरिएकाे हाे । काेण सभामा वाेल्दै अाफुहरूकाे माग सम्वाेधन नभए भाद्र ३० गते देखि अनिश्चितकालीन पेट्रोलियम पदार्थ दुवानी वन्द गरि अाफ्नाे सवारीकाे चावी नेपाल पेट्रोलियम ढुवानी व्यवसायी महासंघमा बुझाउने नेपाल पेट्रोलियम ट्याङ्कर चालक संघ अध्यक्ष ईश्वर लामाले वताए ।

मागपत्रमा पेट्रोलियम ट्याङ्कर चालकहरु दक्ष दर्जाका श्रमिक भएकोले उनीहरुको न्यूनतम मासिक पारिश्रमिक ३२ हजार पुर्याउनुपर्ने, बिरामी हुँदाको रकम उपलव्ध गराइनुपर्ने लगायतका १८ बुँदे माग समावेश गरिएको छ ।

संघका अध्यक्ष इश्वर लामाको नेतृत्वमा भाद्र ३ गते वाणिज्य तथा आपूर्ति मन्त्रालय पुगेर चालक संघको एक प्रतिनिधिमण्डलले मन्त्री मातृका यादवलाई सो मागपत्र बुझाएको थियाे ।