चन्द्रागिरि नगरपालिकाका नम्रता श्रेष्ठलाइ मिस नेपाल २०२० को उपाधि

काठमाडौं । मिस नेपाल २०२० को उपाधि नम्रता श्रेष्ठले जितेको छन् । नम्रता श्रेष्ठ चन्द्रागिरि नगरपालिका वडा न १५ का निबासी हुन्। आज भएको ग्राण्ड फिनाले मार्फत उनी विजेता भएकी हुन् । होटल पार्क भिलेजमा भएको मिस नेपालको अन्तिम प्रतिस्पर्धामा सहभागी २० प्रतिस्पर्धीलाई उछिन्दै नम्रता श्रेष्ठले मिस वर्ल्डको ताज पहिरिएकी हुन् ।

किन्डरगार्टेन शिक्षिका रहेकी नम्रता अन्तिम ६ प्रतिस्पर्धीलाई एउटा प्रश्नमा पछाडि पार्दै मिस नेपालको टाइटल हात पारेकी हुन् । प्रतियोगितामा अन्तिम राउन्डमा कल्पना गर्नुस् तपाईं एउटा सानो ढुंगा हो, जो पोखरीमा पर्दा सुन्दर तरंग फैलिन्छ, तपाईं नेपाली महिलाको जीवनमा परिवर्तनकारी तरंग फैलाउन चाहनुहुन्छ भनेर प्रश्न सोधिएको थियो ।

छोरीलाई शिक्षा दिने र दाइजो प्रथा हटाउन आफू लाग्ने नम्रताले जवाफ दिएकी थिइन् ।

यस्तै यो वर्षको ‘मिस नेपाल अर्थ’को उपाधि सुप्रिया श्रेष्ठले जितकी छन् भने ‘मिस नेपाल इन्टनेशनल’को उपाधि सन्ध्या शर्माले हात पारेकी छन् ।