यस्ता बिरामीलाई मासिक ५ हजार भत्ता दिने सरकारको निर्णय

मिर्गौला फेल भएका, क्यान्सर र स्पाइनल इन्जुरीका कारण प्यारालाइसिस भएका बिरामीलाई सरकारले मासिक ५ हजार भत्ता दिने निर्णय गरेको छ ।
विहिबार बसेको मन्त्रिपरिषद बैठक विरामीको दैनिक जिवनयापनका लागि भत्ता स्वरुप पाँच हजार दिने निर्णय गरेको हो ।
बैठकले स्वास्थ्य सचिवमा डा पुष्पा चौधरीलाई नियुक्त गर्ने निर्णय गरेको छ ।
पुरातत्व विभागको मापदण्डअनुसार रानी पोखरीको पुनर्निर्माण गर्न काठमाडौं महानगरपालिकालाई निर्देशन दिने मन्त्री परिषदले निर्णय गरेको छ ।