लाइन्स कल्व अफ चन्द्रागिरीकाे पदभार हस्तान्तरण तथा सपथग्रहण समाहराेमा सम्पन्न

काठमाडौं /

लाइन्स कल्व अफ चन्द्रागिरीकाे पदभार हस्तान्तरण तथा सपथग्रहण समाहराेमा सम्पन्न भएकाे छ ।

डिस्ट्रिक ए वान ३२५ अन्तर्गत काठमाडौंकाे चन्द्रागिरीमा सम्पन्न भएकाे लायन्स क्लब अफ चन्द्रागिरीकाे एक कार्यक्रमका विच पदभार हस्तान्तरण तथा सपथग्रहण समाहराेमा सम्पन्न भएकाे हाे ।

लायन्स क्लब अफ चन्द्रागिरीकाे अध्यक्षमा रेशम दवाडीकाे अध्यक्षतामा १६ सदस्य कार्यसमिति समेत चयन गरिएकाे छ ।

पदभार हस्तान्तरण तथा सपथग्रहण समाहराेमा वाेल्दै प्रदेश नम्बर ३की पर्यटन,उधाेग,वन तथा वातावरण सभापति रमाअाले मगरले सामाजिक,आर्थिक रूपान्तरणमा लायन्स क्लब अफ चन्द्रागिरिकाे भुमिका अतुलनीय हुनेमा विश्वास व्यत्त गरिन ।

त्यस्तै अर्का प्रदेश नम्बर ३का प्रदेश सांसद पुकार महर्जनले सममजकाे विकासको गतिलाई सामाजिक तवर वाट सवैले हातेमालाे गरेकाे खण्डमा समाज उन्नतिकाे वाटाेमा लम्कने वताए ।

कार्यक्रममा वाेल्दै प्रदेश ३ का सांसद वेली माया घलेले मानविय सेवामा संघ संस्थाकाे भुमिका अतुलनीय हुने हुदा चन्द्रागिरिकाे, अार्थिक,सामाजिक विकासमा सवालमा सवै एक ठाउँमा अाउनु पर्ने चर्चा गरिन् ।

चन्द्रागिरिका मेयर घनश्याम गिरीले चन्द्रागिरिकाे समग्र विकासका लागि अाफु मेयर हुनु पुर्व लायन्स कल्व स्थापना गरेकाे समझदै अाफु लायन्स हुदा हुदै पनि समय र परिस्थितिले गर्दा अरूलाई हस्तान्तरण गरेकाे वताए ।लायन्स क्लबलाई नगरपालिकाले सक्दाे सहयाेग गर्ने प्रतिव्दता व्यत्त गरे ।
कार्यक्रममा लायन्स क्लव अफ चन्द्रागिरिकाे निवर्तमान अध्यक्ष मनमाया गिरीले अाफ्नाे कार्यकालमा स्वास्थ,शिक्षा राेजगार लगायत क्षेत्रमा उल्लेखनीय कार्य गरेकाे र महिला,बालबालिकाकाे सवालमा सशक्तीकरणमा याेगदान पुर्याई समृद्ध नगर वनाउने अभियानमा लागेकाे वताईन ।

लायन्स क्लब अफ काठमाडौका गभर्नर लायन अन्नत भेट्वालले नव अध्यक्ष रेशम दवाडीलाई ज्यावल हस्तान्तरण गर्दै अागामी दिनमा लायन्स क्लव अफ चन्द्रागिरिकाे भुमिका थप सशत्त र प्रभावकारी हुनेमा अाफु विश्वस्त रहेकाे धारणा राखे ।

कार्यक्रममा वाेल्दै लायन्स क्लब अफ चन्द्रागिरिका वरिष्ठ उपाध्यक्ष राजेन्द्र विक्रम बाँनियाले लायन्स क्लबकाे विधि,सिद्धान्त र मर्ममा रहि चन्द्रागिरिका स्थानीयवासीकाे लागि एउटा सुविधा सम्पन्न अस्पताल निर्माण गर्ने चाहाना भएकाे वताए । उहाँले समृद्ध नगर निमार्णमा कसैले राेकावट गर्छ भने त्यस्ता विकास बिराेधी कसै संग समझाैता गर्न नसकिने उहाँको तर्क थियाे ।

कार्यक्रममा उपस्थिति विभिन्न वक्ताहरूले समाजमा भएका समस्या,चुनाैतीकाे सामान गर्नुनै लायन्सकाे सार्थकता सिद्ध हुने धारणा राखेका थिए ।