लागूऔषध र विदेशी मुद्रा सहित ठमेलबाट मगर र शर्मा पक्राउ

महानगरीय प्रहरी वृत्त लैनचौरले सिन्धुपाल्चोकका राम बहादुर मगर र दाङका सागर शर्मालाई पक्राउ गरेको छ । राजधानीको पर्यटकीय नगरी ठमेलबाट पक्राउ परेका अभियुक्तद्दयबाट प्रहरीले नोर्फिन, डाइजेपाम लगायतका लागूऔषध एक हजार अमेरिकन डलर, ५० मलेसियन रिंगेट पनि बरामद भएको जनाएको छ । विगत लामो समययतादेखि ठमेललाई लक्षित अभियुक्तद्दय लागूऔषध कारोबारमा संलग्न रहेको भन्ने सूचनाको आधारमा प्रहरी कारवाही गर्दा निजहरु पक्राउ परेको लैनचौर वृत्तका डिएसपी दिपक पोखरेलले बताए । त्यस्तै लैनचौर प्रहरीले दुई दिनअघि मात्र ठमेलमा बिक्रि गर्न लागिएको एक किलो चरेशसहित रोहित घले, तनहुँका मिन गुरुङ र नवीन थापालाई पक्राउ गरेको थियो भने गत १५ भदौमा लैनचौर वृत्तले तीन केजी सात सय ग्राम चरेशसहित मकवानपुरका राम बहादुर मोक्तानलाई पक्राउ गरेको थियो ।

ठमेलमा पर्यटकहरु बढ्दै जाँदा चरेशको माग बढेको निष्कर्ष सहित प्रहरीले अहिले यस क्षेत्रमा लागु औषधकारोवारी विरुद्धको अप्रेसनलाई तिव्रता दिएको छ । त्यसोत महानगरीय प्रहरी वृत्त लैनचौरमा डिएसपी पोखरेलको पर्दापर्णसंगै लागु औषधका कारोवारी लगायतका अन्य विभिन्न समाजीक अपराध सहित आफ्नो वर्चश्व कायम गर्दै आएका अपराधीहरुको निद हराम भएको र स्थानीयले कृहि हद सम्म भएपनि सुरक्षाको अनुभूत गर्न पाएको बताएका छन ।