Home समाज लायन्स क्लब अफ काठमाडौ चन्द्रागिरीले एम्बुलेन्स सेवा सन्चालन गर्ने

लायन्स क्लब अफ काठमाडौ चन्द्रागिरीले एम्बुलेन्स सेवा सन्चालन गर्ने

0
लायन्स क्लब अफ काठमाडौ चन्द्रागिरीले एम्बुलेन्स सेवा सन्चालन गर्ने

काठमाडौं ,साउन ५।
लायन्स क्लब अफ काठमाडौ चन्द्रागिरी र चन्द्रागिरी बचत तथा ऋण सहकारी सस्था बिच  एम्बुलेन्स संचालन सम्झौता भएको छ।बिगत १० बर्ष  एम्बुलेन्स सेवा संचालन  गरिरहेको चन्द्रागिरी साकोसले लायन्स क्लब अफ काठमाडौं चन्द्रागिरीलाई एम्बुलेन्स खरिदका लागि  बित्तिय सहयोग गरेको छ।

बागमती  प्रदेश सरकार सामाजिक बिकास मन्त्रालय स्वास्थ्य निर्देशनालय बाट एम्बुलेन्स खरिदका लागि सिफारिस पश्चात   श्रावण ३ गते  एम्बुलेन्स खरिदका लागि  चेक हस्तान्तरण तथा सम्झौता पत्र आदान प्रदान गरिएको थियो ।

चन्द्रागिरी साकोसका अध्यक्ष शिवशंकर मानन्धरको अध्यक्षतामा सप्पन्न भएको उक्त कार्यक्रममा क्लबका बर्तमान अध्यक्ष जय राम प्रसाद लुइटेल, पुर्ब अध्यक्षहरु राजेन्द्र बिक्रम बानिया ,मन मैयाँ गिरि, रेशम लाल दवाडी लगायत कार्यसमितीका पदाधिकारीहरु तथा चद्रागिरी साकोसका लेखा संयोजक गोबिन्द प्रसाद मिश्र, प्रमुख कार्यकारी अधिकृत कृष्ण कुमार श्रेष्ठल लगायतको उपस्थिती रहेको थियो।

उक्त सम्झौता पत्र आदान प्रदान कार्यक्रममा  लायन्स क्लब अफ काठमाडौं चन्द्रागिरीका निबर्तमान अध्यक्ष राजेन्द्र बिक्रम बानिया र साकोसका अध्यक्ष शिव शंकर मानन्धर लगायतले आफ्नो मन्तव्य राखेका थिए। फोटो सोन्जय:- कपन अनलाइन