सपना रोक्कालाई धम्की दिने विनयजंग पक्राउ

काठमाडौं। बेवारिसे शव जलाउँदै आएकी सपना रोका मगरलाई धम्की दिने विनयजंग बस्‍नेतलाई प्रहरीले पक्राउ गरेको छ। उनविरुद्ध विश्वको एक सय प्रभावशाली महिलाको सूचीमा परेकी सपनाले उजुरी दिएकी थिइन्।

बस्नेतलाई प्रहरीले काठमाडौंको नयाँ बसपार्कबाट मंगलबार पक्राउ गरेको महानगरीय प्रहरी परिसरका एसएसपी अशोक सिंहले जानकारी दिए ।