वैशाख १५ सम्म लकडाउन गर्ने मन्त्रिपरिषद्को निर्णय

प्रधानमन्त्री निवास बालुवाटारमा बसेको वैठकले बैशाख १५ गते् सम्म देशभरि लक डाउन वढाउने निर्यण गरेको छ ।
मन्त्रिपरिषद् बैठकले वैशाख १५ गतेसम्म देशभरि लक डाउन गर्ने निर्णय गरेको हो ।

मंगलबार दिउँसो प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले लकडाउन १२ दिन थप्ने निर्णय गरेको अर्थ तथा सञ्चार मन्त्रालयका प्रेस सल्हाकार यमन पौडेलले जानकारी दिए ।

यसअघि सरकारले चैत ११ गते एक हप्ताका लागि भनेर लकडाउन गरेको थियो। पछि उक्त अवधि बढाएर चैत २५ हुँदै वैशाख ३ गतेसम्म र्पुयाइएको थियो।

अहिले कोरोना संक्रमितको संख्या १६ पुगेको छ। सरकारले कोरोना संक्रमितको संख्यामा वृद्धि भए पछि लकडाउनलाई झनै कडाई गर्ने निर्णय बैठकमा भएको वालुवाटार स्रोतले जानकारी दिएको छ ।