सिण्डिकेटधारी यातायात व्यवसायीको खाता फुकुवा गर्दै सरकार

काठमाडौं । यायायात व्यवसायी समितिका खाताको रकम निकासाका लागि सरकारले प्रक्रिया अघि बढाएको छ।

जिल्ला प्रशासन कार्यालय, काठमाडौैले ३५ दिने सूचना जारी गर्दै समितिहरुले खर्चको विवरण पेस गर्न निर्देशन दिएको छ। समितिले खर्च पेस गरेको विवरणका आधारमा खाताको रकम निकासा दिइने बताएको गाेरखापत्र दैनिकमा समाचार छ।

सवारी दुर्घटनामा घाइतेको उपचार, मृतकको राहत, कर्मचारीको तलबसहितको सेवा सुविधा कार्यालय खर्च तथा पानी बत्तीको खर्च विवरण पेस गर्न पाउने जनाइएकाे छ।

गत चैत्र १८ गते सरकारले सार्वजनिक यातायातलाई करको दायरामा ल्याउन र सिन्डिकेटको अन्त्य गर्न नयाँ निर्देशका जारी गरेको थियो। निर्देशिककाको विरोध गर्दै यातायात व्यवसायीले आन्दोलन गरे पनि सरकारले समितिहरुको खाता रोक्का गरेको थियाे।