सुतिरहेको कुकुरमाथि तातो अलकत्रा र रोडा हालेर सडकसँगै कालोपत्रे गरियो

नयाँ दिल्ली – भारतको उत्तर प्रदेश राज्यस्थित ताज महल नजिकै आगराको सडकमा सुतिरहेको कुकुरमाथि कालोपत्रे गरिएको छ । कुकुरको आधा शरीरसमेत पिच गरिएको छ ।

सुतिरहेको कुकुरमाथि तातो अलकत्रा र रोडा खन्याएर सडकमा नै आधा शरीर पिच गरेपछि कुकुरको ज्यान गएको छ । रोलरले थिचेपछि आधा शरीर जलेको अवस्थामा त्यो कुकुरलाई निकालिएको थियो ।

कुकुरमाथि कालोपत्रेपछि त्यहाँ भेला भएका पशु संरक्षण अभियन्ताहरुले भारत सरकारको पब्लिक वर्क्स डिपार्टमेन्टविरुद्ध नाराबाजी गर्दै यो लापरबाहीमा संलग्नमाथि कारबाही चलाउन माग गरेका छन् । तर यो डिपार्टमेन्टका अधिकारीहरूले यसमा आफूहरूको दोष नभएको बताउँदै सडक पिच गर्ने जिम्मा लिएको ठेकेदार कम्पनीलाई नै दोष थोपर्दै जिम्मेवारी लिनबाट पन्छिए छन् ।