“हामी समुन्द्रमा होईनौँ महासागरको यात्रामा छाैँ, डुब्याैँ भने हामी सबै डुब्ने छाैँ”-मेयर गिरी

चन्द्रागिरि ।

चन्द्रगिरि नगरपालिकाका नव निर्वाचित नगर प्रमुख घनश्याम गिरीले दलगत स्वार्थ भन्दा माथी उठेर नगरको विकास लाग्न सुनौलो अवसर प्राप्त भएको बताएका छन् । देवदर्शन साकोसद्धारा शुक्रबार आयोजित शुभकामना तथा चियापान कार्यक्रममा बाेल्दै गिरीले सबैको भावना समेट्दै नगरको विकासमा लाग्नुपर्ने बेला आएको बताएका हुन् ।

चन्द्रागिरि नगरलाई भव्य, सभ्य र पर्यटकीय नगरको रुपमा विकास गर्न एकिकृत गुरुयोजना बनाई नगरलाई अग्रणी नगरको रुपमा विकास गर्न सबैको साथ र सहयोग अावश्यक रहेको बताउँदै नगरप्रमुख गिरीले नगरका वडा अध्यक्ष तथा नगर सदस्यहरुलाई नगरलाई राम्रो बनाउन सुशासन, जवाफदेहिता र पारदर्शी ढंगबाट लाग्न निर्देशन समेत दिए । “हामी समुन्द्रमा होईनौ महासागरमा हामी एउटै जहाजको यात्रा सुरू गरेका छौँ, हामी कोही यता उती छैनौ, डुब्याैँ भने हामी सबै डुब्ने हौँ, मेयरले बिगार्याे भने पनि भने सबै डुब्ने हो जनप्रतिनिधिहरुले डुबाए पनि सबै डुब्ने हो, असफल भयौँ भनै सबै असफल हुने हो । मलाई नेतृत्व गर्ने क्याबिनमा बोलाउनु भएको छ र तपाँईहरु वडा अध्यक्षहरू भनेको कोपाईलट हो, हाम्रा पछाडी हजारौ हजार यात्रा गर्नेहरु छन् हामीले पाँच वर्षमा सहि गन्तव्यमा सहि तबरले पुर्याउनु पर्छ” मेयर गिरीले भने ।

कार्यक्रमा मेयरका प्रत्यासी तथा नेकपा एमालेका नेता प्रल्हाद बहादुर कार्कीले नगरको विकासका लागि जनप्रतिनिधिहरुको अहम भुमिका रहेको बताउँदै नगरको दिर्घकालीन विकासका लागि हातेमालो गर्दै अगाडी बढ्नु पर्ने धारणा व्यक्त गरे । बधाई तथा शुभकामना कार्यक्रममा बोल्दै युवा नेता तथा उपमेयरका प्रत्यासी रोसन दानीले चन्द्रगिरिको विकासमा युवाहरुको भुमिका महत्वपुर्ण हुने बताए । नगरका विभिन्न वडाका अध्यक्षहरू मध्येका राजेन्द्र केसीले खानेपानी स्वास्थ्य शिक्षा र बाटोघाटोको विकास तत्काल समाधानमा ध्यान पुर्याउनु पर्ने भन्दै बाटोको धुलोका कारण मानव स्वास्थ्यमा गम्भिर असर परेको धारणा राखे त्यस्तै गोपी सुर्खेतीले समुन्नत चन्द्रगिरिको विकासमा नगरका सबैले हातेमालो गर्दे अगाडी बढ्नु पर्ने धारणा व्यक्त गरे । कार्यक्रमलार्इ सम्बोध गरेका अधिकांश वडा अध्यक्षहरूले नगरको विकासमा सबैले महत्वपुर्ण भुमिका खेल्नुपर्ने बताउँदै चन्द्रगिरिको दिगो विकासमा स्थानिय तहको निर्वाचनले महत्वपुर्ण भुमिका खेलेको धारणा राखेका थिए । कार्यक्रममा बोल्दै देवदर्शन सोकोसका अध्यक्ष रामनारायण घिमिरेले नव निर्वाचित जनप्रनिधिहरुलाई शुभकामना तथा बधाई ज्ञापन गर्दे कार्यकालको सफलताको कामना गरे । कार्यक्रममा उपमेयर लिशा नकर्मी भने व्यक्तिगत समस्याका कारण उनुपस्थित थिइन् ।

भिडियो