७७ वटै जिल्लामा नयाँ मतदाता नामावली दर्ता आजबाट शुरु

काठमाडौं,साउन १ – निर्वाचन आयोगका प्रमुख निर्वाचन आयुक्त डा. अयोधीप्रसाद यादवले मङ्गलबार साउन १ गतेबाट ७७ वटै जिल्लामा शुरु हुने नयाँ मतदाता नामावली दर्ता अभियानमा सहभागी हुन आग्रह गर्नुभएको छ । उहाँले स्थानीय तह र प्रदेश सभाका केही स्थानमा उपनिर्वाचन हुनसक्ने भएकाले यसअघि मतदाता नामावली नाम नभएका नागरिकहरूलाई नाम दर्ता गरेर मतदानमार्फत सार्वभौमसत्ताको प्रयोग गर्न अनुरोध गर्नुभयो ।

राष्ट्रिय अपाङ्ग महासङ्घ नेपालले आयोजना गरेको ‘अपाङ्गमैत्री निर्वाचन अध्ययन पर्यवेक्षण सार्वजनिक’ कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै डा. यादवले अपाङ्गता भएका व्यक्तिको प्रतिनिधित्व बढाउन सबै पक्षको सहयोग आवश्यक रहेको बताउनुभयो ।

उहाँले मतदाता नामावली दर्ता अभियानमा सहभागी हुन अपाङ्गता भएका नागरिकहरूसँग विशेष आग्रह पनि आग्रह पनि गर्नुभयो । प्रमुख आयुक्त यादवले ‘नेपालको निर्वाचन प्रक्रियामा अपाङ्गता भएका व्यक्तिहरूको पहुँच’ नामक प्रतिवेदनसमेत सार्वजनिक गर्नुभयो ।

गत वर्ष भएका निर्वाचनको पर्यवेक्षण प्रतिवेदनमा ९३ प्रतिशत मतदान केन्द्रमा अपाङ्गता भएका मतदाताले पर्याप्त गोपनीयताका साथ मतदान गर्न सक्षम भएको उल्लेख छ ।, गोरखापत्रमा खबर छ ।