एमसीसी खारेजीकालागि १३ दलहरुले चन्द्रागिरिमा संयुक्त विरोध प्रदर्शन

११ फागुन काठमाण्डौं । एमसीसी सम्झौताविरुद्ध आन्दोलन घोषणा गरेका १३ दलहरुले चन्द्रागिरिमा संयुक्त विरोध प्रदर्शन गरेका छन् ।मिलिनियम च्यालेज कर्पोरेसन एमसीसी खारेजीको माग गर्दै चन्द्रागिरिमा रहेका १३ राजनीतिक दलले काठमाण्डौको चन्द्रागिरि चेकपोष्टबाट याली सहित विरोध प्रर्दशन गरेका हुन् ।

नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, राष्ट्रिय जनमोर्चा नेकपा ( क्रान्तिकारी माओवादी) राष्ट्रिय प्रजातन्त्र पाटी,नेकपा कम्युनिस्ट पाटी ( विप्लप) ,नेकपा माल,े नेपा राष्ट्रिय पाटी लगायतको १३ दलहरु सहित विरोध प्रर्दशन गरेका छन् ।

कार्यक्रममा राष्ट्रघाती एमसीसी खारेज गर, नौ एमसीसी, बैदेशिक हस्तक्षेप बन्द गर, ’राष्ट्रिय स्वाधीनताको रक्षा गरौं, अमेरिकी साम्राज्यवादविरूद्ध राष्ट्रघाती एमसीसी सम्झौता खारेज गर’लगायतको नारा लगाईएको थियो ।
कार्यक्रममा बोल्दै नेकपा माओवादी केन्द्रका नेता देव कृष्ण महर्जले राष्ट्रिय सहमती र सहकार्यले मात्र एमसीसी परियोजना अगाडी नवढाई एक तर्फी तवरले मात्र अगाडी वढाउने सडेन्त्र भईरहेको बताए । एमसीसी परियोजना विना संसोधन राष्ट्रघाती हुने उनको जोड थियो ।

कार्यक्रममा नेकपा एकीकृत समाजवादी नेता प्रल्हाद बहादुर कार्कीले राष्ट्रघाती एससीसीको विपक्षमा आफ्नो दल रहेको भन्दै शैन्य रणनितिको बलवुतावमा आउन लागेको एमसीसी जनताले खारेज गरेरै देखाउने बताए ।

कार्यक्रममा राष्ट्रय जनमोर्चाका नेता झविन्द्र बेलवासेले विरोध तथा खबरदारी सभालाई सम्बोधन गर्दै एमसीसी परियोजना नेपालको हितविपरीत रहेको भन्दै खारेजी हुनुपर्ने बताए। मुलुकमा व्याप्त भ्रष्टाचार न्यूनीकरण गर्न सके देशको विकासका लागि विदेशीको मुख ताक्नुपर्ने अवस्था नआउने नेता बेलवासेको भनाई छ । एमसीसी परियोजना खारेज गरेर भ्रष्टाचार नियन्त्रण गर्नेतर्फ लाग्नुपर्नेमा उनले जोड दिए।

राष्ट्रिय प्रजातन्त्र पाटीका नेता देवेन्द्र प्रधानले एमसीसी परियोजना कार्यान्वयनमा आए मुलुकको राष्ट्रियता र स्वाधीनतामा गम्भीर असर पर्ने बताए । उनले एमसीसी परियोजना खारेज नभएसम्म आम जनसमुदायले खबरदारी जारी राख्नुपर्ने आवश्यकता औँल्लाए ।

नेकपा ( क्रान्तिकारी माओवादी)का नेता सुरेश तामाङले विकास निर्माणका नाममा साम्राज्यवादी सर्त स्वीकार गर्न नसकिने बताए। उनले ५०÷६० अर्ब रुपैयाँका लागि नेपालको सार्वभौमिकतामाथि आँच आउने काम कुनै पनि हालतमा हुन नहुने बताए।

नेपा राष्ट्रिय पाटीबाट विष्णुभक्त गोपालीले एमसीसी परियोजना संसद्बाट कुनै पनि हालतमा पास गर्न नहुनेमा जोड दिए।

काठमाण्डौको चेकपोष्टबाट गुर्जधारा सम्म वृहत्त ¥याली सहित कोण सभामा परिणत भएको थियो । कार्यक्रमकाे सञ्चालन समाजबादीका नेता भाईकृष्ण बलामीले गरेका थिए ।