२०२२ को मिस नेपाल ताज प्रियंका रानी जोशीलाई

2022 miss nepal priyanka rani joshi

ठमाडौं । सन् २०२२ को मिस नेपालको उपाधि प्रियंका रानी जोशीले जितेकी छन् ।



jibss

शनिबार ललितपुरको गोदावरीमा भएको ग्रान्ड फिनालेमा उनले उपाधि जितेकी हुन् ।

जोशीलाई पूर्व मिस नेपाल नम्रता श्रेष्ठले ताज लगाइदिएकी हुन् ।

त्यस्तै, सरिशा श्रेष्ठ मिस नेपाल अर्थ र न्यान्सी खड्का मिस नेपाल इन्टरनेशनल भएका छन् ।

कोरोनाका कारण अघिल्ला दुई वर्ष स्थगित भएको मिस नेपाल यस वर्ष भौतिकरुपमै सम्पन्न भएको हो ।

फिनालीमा २४ जनाले प्रतिस्पर्धा गरेका थिए ।