७६ मेगावाट विद्युत् राष्ट्रिय प्रसारण प्रणालीमा जोडियोः माथिल्लो तामाकोसी

काठमाडौं । असार ३०, माथिल्लो तामाकोसी जलविद्युत् आयोजनाको दोस्रो युनिट राष्ट्रिय प्रसारण प्रणालीमा जोडिएको छ ।

त्यस्तै दोलखाको विगू गाउँपालिका लामाबगरमा निर्माण भएको ४ सय ५६ मेगावाट क्षमताको आयोजनाको ७६ मेगावाट विद्युत् राष्ट्रिय प्रसारण प्रणालीमा जोडिएको हो ।

दोस्रो युनिट प्रणालीमा जोडिएपछि आयोजनाबाट १५२ मेगावाट विद्युत् उत्पादन भइरहेको अप्पर तामाकोसी हाइड्रो पावर कम्पनीले बताएको छ ।

अब हरेक १५ दिनमा अर्को युनिटबाट बाँकी ४ वटा युनिट क्रमशः उत्पादन गर्दै जाने योजना रहेको कम्पनीले जनाएको छ । न्यू खिम्ती सवस्टेशनमा माथिल्लो तामाकोसीसँगै ५४ मेगावाटको लिखु खोलाको विद्युत्समेत जोडिएको छ । एजेन्सीको साथमा ।