उच्च तापक्रमबाट बच्ने सामान्य उपाय

हाल उच्च तापक्रमले देशै भरि जनजीवन प्रभावित भैरहेको छ । बढ्दो शहरीकरणले गर्दा शहरी क्षेत्रमा जनसंख्या बृधि भैरहेको छ । यसले गर्दा भौतिक संरचना बढ्नु का साथै शहरी क्षेत्रका जमिनको प्रयोग मा अस्तव्यस्त विकास सुरु भएको देखिन्छ । त्यसको फल स्वरुप बातावरण प्रदूषण, सिमेन्टेड विकास, र जमिनको भू-उपयोगमा परिवर्तनका कारण शहरी क्षेत्रको तापक्रम बर्सेनि बढिरहेको हुन्छ ।

यस वर्ष यही जेठ २४ गतेसम्मको तथ्याङ्कमा सबैभन्दा बढी ४३ दशमलव आठ डिग्री तापक्रम नवलपुरको दुम्क्यौलीमा रेकर्ड भएको छ । सन् २०२३ को यो सबैभन्दा बढी मापन हो । यसअघि नेपालमा सन् १९९५ को जुन ५ मा धनगढीमा ४६ दशमलव चार डिग्री तापक्रम मापन भएको थियो । बढिरहेको तापक्रमले कतिपय बिद्यालयहरुको पठन पाठन समेत बन्द गरिएको छ । संगै संगै बढेको गर्मीले दैनिक क्रियाकलापमा असर गरिरहेको छ । मुलत अहिलेको यो अवस्थामा सानो सानो कुराले गर्मि छल्न केहि मदत गर्न सक्छ। तेस्तै केहि अति सामान्य उपाय छोटो गरि देहाय बमोजिम रहेका छन् :
प्रसस्त पानि खाने, शरीरमा पानिको मात्रा सन्तुलित राख्ने ।
चिसो पनिले नुहाउने, खुट्टालाई चिसो पानिमा डुबाएर केहि समय राख्ने ।
दिनको समयमा घरमा घाम छेक्नको लागि पर्दा लगाएर बस्ने ।
दिनको समयमा सिधै घामबाट बच्न सकेसम्म काम नपरी बाहिर ननिस्कने र निस्कनै परेमा टोपी लगाउने, छहारी बाटो प्रयोग गर्ने,
घाम बाट बच्न को लागि क्रिम (सन इस्क्रिन) को प्रयोग गर्ने ।
बाहिर निस्किदा पानी संगै लिएर निस्किने ।
हल्का खालका खुकुला र शितल लुगा लगाउने ।
हल्का खाना खाने र सलाद बढी खाने ।
खाने कुरा फ्रिजमा राम्रो संग नबिग्रने गरेर राख्ने ।
शारीरिक बल को काम कम गर्ने र उचित समय आराम गर्ने ।

बिधुतिय उपकरणको कम प्रयोग र सबैको लागि गर्मि भगाउने उपाएको लागि फ्रिजको पानि भन्दा माटोको गाग्री को प्रयोग गर्न सकिन्छ । पानि को बोत्तल जस्ता पाता माथि राख्नाले घर भित्रको तापक्रममा केहि कमि आउने भएकोले बढी तातो हुने जस्ता पाता प्रयोग भएको घरमा यसको प्रयोग गर्न पनि सकिन्छ । तापक्रमको बृधिसंगै तातो हावाका कारण थकाइ लाग्ने, कमजोरी हुने, बढी तिर्खा लाग्ने, टाउको दुख्ने, खुट्टा बाउँडिने, चक्कर आउने, बेहोस हुने, मांसपेशीहरू दुख्ने, बान्ता आदि हुनसक्छ। त्यसैले तातो मौसममा सतर्कता अपनाउन पर्ने बेला आएको छ ।
लेखक हाल पाँचखाल हरित बसोवास योग्य शहरी विकास आयोजनाको आयोजना प्रबन्धकको रुपमा कार्यरत हुनुहुन्छ ।)

ई. विपिन भुसाल (अर्बन प्लानर)