नागढुङ्गामा सवारी दुर्घटना हुँदा एक जनाको मृत्यु

काठमाडौंमा ट्रक र मोटरसाइकल ठक्कर खाँदा मोटरसाइकल चालकको मृत्यु भएको छ। चन्द्रागिरि नगरपालिका–२ नागढुङ्गास्थित सडकमा ना ४ ख १०६२ नम्बरको ट्रक र सुप्रप्र ०१–११ प २८५८ नम्बरको मोटरसाइकल ठक्कर खाँदा चालकको मृत्यु भएको हो।

मृत्यु हुनेमा कञ्चनपुर पुर्नर्वास नगरपालिका–२ बस्ने २८ वर्षीय सुगम तामाङ रहेका छन्। दुर्घटनामा गम्भीर घाइते भएका उनको राष्ट्रिय ट्रमा सेन्टरमा उपचारका क्रममा आज मृत्यु भएको हो। ट्रक चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।