गोकर्णेश्वर -१ सुन्दरीजल दुर्घटना अपडेट : आठ र चार वर्षिया दिदिबहिनीको मृत्यु

काठमाडौं, चैत १६। गोकर्णेश्वर नगरपालिका वडा नं १  सुन्दरीजल दोबाटोमा टिपरले ठक्कर दिँदा दुई दिदी बहिनीको मृत्यु भएको छ । बुधबार बिहान बुवा रोहन तामाङसँग मोटरसाइकलमा विद्यालय जाँदै गरेका ८ वर्षीया सृष्टि तामाङ र ४ वर्षीया श्रेया तामाङको टिपरको ठक्करबाट मृत्यु भएको हो ।

बा ४ ख ६९६५ नम्बरको बालुवा बोकेको टिपरले बा ८ प ८७३३ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा उनीहरूको घटनास्थलमै मृत्यु भएको थियो।

दुर्घटनामा गम्भीर घाइते भएका बुवा रोहनलाई उपचारका लागि अत्तरखेलस्थित नेपाल मेडिकल कलेजमा उपचार भैरहेको छ।दुर्घटनापछि टिपर चालक फरार भएका छन्।

दुर्घटना पछी आक्रोसित बनेका स्थानीयहरुले टिपर तोडफोड गरेका छन भने दोषीलाई कारवाही र पिडितलाई क्षेतिपूर्तिको माग समेत गरेका छन।