पानी नपरेपछि धान रोपाइँ अलपत्र

मध्य असारयता  छिटो पानी नपरेपछि  मधेसको मध्य भेगमा धान रोपाइँ अलपत्र परेको छ। मधेसका अन्य जिल्लामा पनि सिञ्चित बाहेकका आकाशे पानीको भरका खेतमा पानी नभएर नै रोपाइँ रोकिएको छ ।



jibss

असार मध्य यता पानी परेको छैन । त्यसअघि  परेको पानीमा धान रोप्न भनेर  हिल्याइएका खेत अहिले सुकेका  छन्  । ब्याड पनि लगातार पानी नपाउँदा पहेँलिन थालेको किसानले बताएका छन् । असार सिद्धिन लाग्दासम्म धान रोपाइँले गति लिन नसकेपछि किसान यसपालि अन्नको  सङ्कट पर्ने चिन्ताले पिरोलिएका छन् । मुख्य बाली धान नै रोप्न नसकिएपछि परिवार कसरी पालन गर्ने भन्ने चिन्ताले  यहाँका किसानलाई पिरोलेको छ ।

“आज  असार त सकिने हो, पानी नभएर धान रोप्न पाइएन, के  गरी गुजारा गर्ने होला ?” भने कुरा ले किसब हरु लाई चिन्तित बनाको छ ।

मध्य असार अघिको वर्षाको पानीले एक झमट रोपाइँमा लागेका किसान त्यसयता खेतमा पानी सुकेपछि चिन्तामा परेका हुन् । असार सकिनै लाग्दा धान रोपाइँ जिल्लामा एक तिहाई नाघेको छैन । “उता खेत सुक्दो छ, यता घरमा ज्वरो, रुघा खोकीले परिवारका मान्छे बिरामी भएर लड्दाछन्”, भङ्गाहा नगरपालिका–५ कर्पुरगञ्जका किसान रामजुलुम सर्दार भन्छन्, “यो बढ्दो तापले सबै भताभुङ्ग पार्यो, न समयमा खेती सक्न पाइयो, न सञ्चोसँग बस्न ।”

जिल्लामा अहिलेसम्म ३३ प्रतिशत मात्र रोपाइँ सकिएको कृषि ज्ञान केन्द्र महोत्तरी, जलेश्वरले नै जनाएको छ । रोपोको पनि सुकेको छ । रोपाइँ गर्ने भनेर हिल्याइएको खेत चर्को घामले सुकेर खिस्रिक्क परेको छ । रोपेको खेतमा धाँजो फाट्दै छ ।

जिल्लामा कूल ७० हजार खेतीयोग्य जग्गामध्ये लगभग ५० हजार हेक्टर धान खेतीका लागि योग्य मानिन्छ । जिल्लाका १० प्रतिशत जग्गामा स्थायी सिँचाइको प्रबन्ध छ । बिहानैदेखि चर्कने घामको प्रचण्ड राप र सँगसँगैको तातो हावाले कृषि मजदुर काममा निस्कन छाडेका छन् ।