दसैं सकिएपछि सुरु भयो चहलपहल

काठमाडौं– बडादसैं सकिएसँगै पर्व मनाएर कर्मथलोमा फर्किनेको चहलपहल बढेको छ ।

हिजोदेखि विद्यालय तथा कार्यालयहरु सुरु भएसंगै सडकमा यात्रुको भीडभाड बढेको हो । दशैंको बेला सुनसान भएका सडकहरु व्यस्त भएका छन् । गाउँदेखि जिल्ला सदरमुकामसँगै प्रदेश मुकाम तथा संघीय राजधानी काठमाडौं जानेको राजमार्गहरुमा भीड बढेको ट्राफिक प्रहरीले जनाएको छ ।

जिल्लाबाट काठमाडौं फर्कनेहरुलाई टिकट पाउन समेत सास्ती भएको छ । चाडपर्वका बेला सवारीमा चाप बढ्दा दुर्घटनाको जोखिम समेत बढ्ने हुँदा सुरक्षित भएर सीट क्षमतानुसार मात्रै यात्रु राखेर सवारी चलाउन पनि ट्राफिक प्रहरीले यातायात व्यवसायीर सवारी चालकलाई आग्रह गरेको छ ।

  •  रासस