
काठमाडौं, मंसिर १ । उपत्यकाका तीन जिल्लामा आज मध्यरातिदेखि मदिरा बिक्री वितरण, ओसारपसार तथा सेवनमा रोक लगाउने निर्णय भएको छ।
साथै, गणना सम्पन्न नभएसम्म्का लागि मतगणनास्थल आसपासमा मदिरा बिक्रीमा रोक लगाउने निर्णय भएको छ। कसैले यो निर्णयविपरीत मदिरा बिक्री गरेको पाइएका कारबाही गरिने जिल्ला प्रशासन कार्यालयले जनाएको छ।
काठमाडौं, ललितपुर र भक्तपुरका सिडिओबीचको संयुक्त बैठकले निर्वाचनको दिन बिहान ४ बजेदेखि साँझ ७ बजेसम्म सवारीसाधन चलाउन रोक लगाउने निर्णय पनि गरेको छ।